सिरहा,पुष २२ गते – धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा परेका छन् ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.१ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव सो परिमाणको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले टुडेपाटीलाई जानकारी दिए । प्रदेश २–०२–०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा
सिरहा,पुष २२ गते – सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर ९२ हजार ३०० कायम भएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्
काठमाडौं,पुष २२ गते – नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ
काठमाडौं,पुष २१ गते – बिभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका(१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभ
सिरहा,पुष २१ गते – सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ। अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ८०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम गरिएको छ। मङ्गलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा
पर्सा,पुष २१ गते – वीरगंज महानगरपालिका– १६ रजतजयन्ती चोकबाट १ सय २० ग्राम सुन र ५ ग्राम चाँदी जस्तो देखिने धातु सहित भारत चम्पारण नगरथाना कतवानी चोक बस्ने ३० वर्षीय बिटटु कुमारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा शरीरमा लुकाई ल्याएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
पर्सा,पुष २१ गते – वीरगंज महानगरपालिका– १६ रजयन्ति चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत मोतिहारी पुर्बीचम्पारण ढाका थाना बिश्रामपुर(७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने बिगन साह रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई ल्याउँदै गरेको उक्त नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
पोखरा,पुष २१ गते – पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्याएर बिक्री गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ। उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्याएर बेचेको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो। सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्याएको पीडितको बयान छ। उनले पीडितका दिद
सिरहा,पुष २१ गते – चोरीपैठारी तथा राजस्व चुहावट रोक्न स्थापित संयन्त्र र कानुनी व्यवस्थालाई सीमा आरपार तस्करी गर्ने गिरोहले प्रभावहीन पारेको तथ्यांकले देखाएको छ। पोके तस्कर र साइकल तथा मोटरसाइकलमा अवैध ओसारपसार गर्नेहरू समातिने क्रम छँदै थियो, अहिले तस्करीमा संलग्न भएको भनी एकपछि अर्को ट्रक नै प्रहरी नियन्त्रणमा पर्दै छन्।बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि भरेर पोखरा जाँदै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई वीरगन्जको घण्टाघरबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो। उक्त ट्रकलाई रोकेर जाँच गर्ने क्रममा पूर्व सूचनाअनुरूप भन्सार छली ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको हुँदा उ
सिरहा,पुष २१ गते – ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन्। मंगलबार साढे ३ बजे दुबईबाट एयर अरेबियाको फ्लाइटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ३३ किलो सुन तस्करी मुद्दाका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश लामो समयदेखि फरार थिए।मोरङको उर्लाबारी नगरपालिका–७ का उनी ३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएका थिए। ‘३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू खोज्ने कार्य सक्रिय रूपमा थालिएको छ,’ प्रहरी स्रोतले भने, ‘३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएक
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.