पर्सा,पुष २१ गते –  वीरगंज महानगरपालिका– १६ रजयन्ति चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी पुर्बीचम्पारण ढाका थाना बिश्रामपुर(७ बस्ने जादोलाल साह र  सोही ठाउँ चैनपुर बस्ने बिगन साह रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले लुकाई ल्याउँदै गरेको उक्त नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।  

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ