काठमाडौं माघ ५ गते – विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२ औँ बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्यु
काठमाडौं,माघ ५ गते – राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक परीक्षण ९क्वालिब्रेसन फ्लाइट० का लागि एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरोथाई०को टोली माघ १० गते नेपाल आउने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार एरोथाईको टोली क्क्यालिब्रेसन फ्लाइटको स्थलगत अध्ययनका लागि माघ १० गते नेपाल आउने बताउनुभएको छ । टोलीले अर्र्को दिनबाट नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा अध्ययन गर्ने उहाँले बताउनुभयो । टोलीको अध्यनका आधारमा क्यालीब्रेसन फ्लाइट गरीने ठाकुरले बताउनुभयो ।टोलीको अध्यननले अनुमति दिए माघ २७ गते क्यालीब्रेसन फ
विराटनगर,माघ ५ गते – तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् ।यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगजनी गरे । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।पत्रकारहरुसँग कुरा गर्दै यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् । गाड
काठमाडौं,माघ ४ गते – वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरे छन् । महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले ८ असोज २०७८ मा दुबईबाट नेपाल आएका सिरहाका ३० वर्षीय रामेश्वकर रामलाई बन्धक बनाएका थिए ।‘उनी बसेको होटलबाट लिएर गएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएर कुटपिट गरेर ज्यान मार्ने धम्की दिँदै झोला र मोबा
सिरहा,माघ ४ गते – मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
रौतहट,माघ ४ गते – बौधीमाई नगरपालिका– ७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँ सहित भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।नेपालतर्फ आउदै गरेको बी.आर. ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
जलेश्वर,माघ ४ गते – नक्कली नोट बनाउने कागजपत्र सहित महोत्तरी प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।आइतबार अबेर राती भारतबाट नेपाल तर्फ आउंदै गरेको अवस्थामा भिठ्ठामोडबाट सवारी साधन चेकजाँचको क्रममा प्रहरीले शंकास्पद कागजपत्र तथा नोटहरु सहित धनुषाको लक्ष्मिनियां गाउंपालिका–१ का २३ वर्षीय असरफ मोहम्द र जनकपुर उप–महानगरपालिका–६ का २६ वर्षीय मोजाहिद रेजालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउंदै गरेको बा।२१च ६७६१ नं।को रातो रंगको कारलाई शंकास्पद अबस्थामा चेकजाँच गर्ने क्रममा सो कारको डिक्की भित्र रहेको कालो रंगको झोलाबाट नेपाली रुपियाँ एक हजार दरको नोट र पछाडी पट्टी नेपाली १ हजारको
सिरहा,माघ ३ गते – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
महोत्तरी,माघ ३ गते – मटिहानी नगरपालिका– ८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका– ३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिरहा ३ माघ – सिरहाको गोलबजार नगरपालिका वडा नं। १० धोवियाधारमा रहेका ४० घरपरिवारको मुसहर बस्तिको जनजीवन जाडोले प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिव ५ किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तिका स्थानीयहरु जाडोले कठ्याङ्ग्रिएको छ । हुस्सु र शितलहरले तराइनै चिसिएको बेला यहाँका विपन्न मुसहरहरुको अवस्था अझै कष्टकर भइरहेको छ । चार छोरारछोरी र श्रीमति सहित छ जनाको परिवार रहेका शिवु सदाय खरले बारेको छाप्रोमा वस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरुको ओछ्यान चिसो भुईमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनु पर्ने बाध्यता छन् । छोरा छोरीप
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.