रौतहट,माघ ४ गते –  बौधीमाई नगरपालिका– ७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँ सहित भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ।

नेपालतर्फ आउदै गरेको बी.आर. ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो ।

     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ