काठमाडौं,फागुन १८ गते – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना सञ्चालनका लागि १० जना कर्मचारीको माग गरिएको छ।गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि मंगलबार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एक सूचना जारी गर्दै विभिन्न १० पदमा कर्मचारी माग गरेको हो ।एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन्।हेर्नुहोस्सू चना
सिरहा,फागुन १८ गते – नेपालमा सुनको मूल्य एक लाख नजिक पुगेको छ। बुधबार सुन तोलाको ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। आज छापावाल सुनको मूल्य ९९ हजार ५०० र तेजावी सुनको मूल्य ९९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा किचबेच भएको थियो।रुस र युक्रेनमा तनाव बढेसँगै यसको प्रभाव आर्थिक तथा व्यापारिक क्षेत्रमा पर्न थालेको छ । नेपालमा पनि त्यसको असर देखिन थालेको छ । उक्त तनावले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । बजा
काठमाडौं । एउटा प्रसारणलाइन आयोजना बनाउन कति सकसपूर्ण छ ? यसको जवाफ हो– हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलो भोल्ट (केभी) प्रसारणलाइन । एक दशकसम्म पनि विभिन्न ठाउँका अवरोध नहटेपछि दातृ निकाय विश्व बैंकले नेपालभित्रको सबैभन्दा उच्च क्षमतायुक्त यो प्रसारणलाइन परियोजनाबाट हात झिकेको छ ।करिब १४ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि प्रसारणलाइनको भविष्य अनिश्चयतर्फ धकेलिएपछि विश्व बैंकले परियोजना छाडेको हो । अब यो परियोजनाको बाँकी काममा नेपाल सरकार आफैंले लगानी गर्न सुरु गरेको आयोजना प्रमुख श्यामकुमार यादवले बताए ।मुलुक भित्रको विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि अत्यावश्यक उच्च क्षमताको
काठमाडौं,फागुन १७ गते – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले स्वागत गरेका छन्। एमसीसीले देशको पूर्वाधार विकासमा टेवा पुग्ने उनीहरूले बताएका छन्। सम्झौताअनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत कार्य छिट्टै कार्यान्वयनमा आउने निजी क्षेत्रको विश्वास छ। ‘विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै बनाउँदा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ’ विज्ञप्तिमा भनिएको छ। कोभिड—१९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ। स
सिरहा,फागुन १७ गते – सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ। पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० तोकिएको छ। बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजार
काठमाडौं,फागुन १७ गते – स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुलाउन माग गरेको छ। इप्पानले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै भनेको छ, ‘प्राधिकरणले पीपीए नगर्दा ऊर्जा उद्यमीहरूको अर्बौं लगानी जोखिममा परेको छ।त्यसैले तत्काल पीपीए खुलाउन माग गर्दछौं।’ ज्ञापनपत्र बुझ्दै घिसिङले आफू उद्यमीहरूको मागप्रति सकारात्मक र संवेदनशील रहेको बताए। अहिले प्राधिकरणमा ९ हजार मेगावाटभन्दा बढी क्षमताका २ सय १५ वटा आयोजनाले प्रक्रिया र मापदण्ड पूरा गरेर पीपीएका लागि आवेदन दिएका छन्। उत्पादन अनुमतिपत्र लिएकाहरू
सिरहा,फागुन १७ गते – सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ ।हनुमाननगर कंकालिनी नगरपालिका(१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ । यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय लागेको छ । ‘एक महिना सामानको जोहो गर्नै लाग्यो’ झा भन्छन्, ‘त्यसपछि दुई सातामै निर्माण गरेको छु ।’ विराटनगरको मनमोहन मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियर अध्ययन गर्ने उनी हालै कोरोनाका कारण एक महिना कलेज बन्द भएपछि गाउँ फर्किएका थिए । त्य
सिरहा,फागुन १६ गते – सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ ।आइतबार तोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य सोमबार ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं,फागुन १६ गते – नेपाल सरकार र अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।आइतबार साँझ ११बुँदे व्याख्यात्मक घोषणा समेटिएको पुरक प्रस्तावसहित एमसीसी सम्झौता संसदको बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता र व्याख्यात्मक घोषणासहितको पुरक प्रस्तावलाई दोस्रो बैठकमा प्रस्तुत गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई ध्वनिमतको प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो ।यसअघि पहिलो बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल भएको
जनकपुर,फाल्गुन १६ गते । धनुषाको एक पालिकामा रहेको सहकारीमा वर्तमान अध्यक्षले नै लाखौ रुपैयाँ चोरी गरेको भन्दै संस्थापक अध्यक्षले आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्षले नै चोरी गरेको संस्थापक अध्यक्षले आरोप लगाएका हुन् । गत माघ १५ मा सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । गत माघ १५ गते भएको सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २्३ थान ल्याप
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.