X wada

अन्तर्राष्ट्रिय

    Showing ४१-५० of १३२ items.
  • युक्रेनमा तबाहीका तस्बिर

    काठमाडौ,फागुन १६ गते – युक्रेनको सेनाले आइतबार रुसको सेनासँग जारी भिडन्तको बारे जानकारी साझा गरेको छ । फेसबुकमा युक्रेनको सशस्त्र बलका जनरल स्टाफले आइतबारलाई एक कठिन दिन करार दिएका छन् । उनले भनेका छन्, ‘यो एकदमै कठिन दिन थियो । रुसका सैनिक लगभग सबै दिशाबाट हमला गरिरहेका छन् । उनीहरू हर दिशाबाट गोला–बारुद बर्साइरहेका छन् ।’ताजा रिपोर्टका अनुसार रुसी सैनिकले दक्षिणी बन्दरगाह बर्दियांस्कमा कब्जा गरेको छ । यद्यपि यसअघि उत्तर पूर्वी खारकीएभ शहरको क्षेत्रीय प्रशासनिक प्रमुखले स्थानीय सेनाले रुसका सैनिक विरुद्ध सडकमा लडेपछि शहरमा पुनः नियन्त्रण बनाउन सफल भएका छन् । खारकीएव युक्रेनको दोस्रो ठूलो शहर

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १३७ पटक पढिएको
  • युक्रेनबाट पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीमाथि कुटपिट

    काठमाडौं,फागुन १६ गते – रुसले युक्रेनमा आक्रमण थालेपछि पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीहरूमाथि कुटपिट भएको छ ।सामाजिक सञ्जालमा भाइरल भिडियोमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले विद्यार्थीहरूमाथि निर्घात कुटपिट गरेको देख्न सकिन्छ ।सीमामा फसेका भारतीय विद्यार्थीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुरक्षाकर्मीले सीमा क्षेत्रमा फसेका भारतीय तथा अफ्रिकीमूलका विद्यार्थीलाई पोल्याण्ड प्रवेश गर्न दिइरहेका छैनन् । सुरक्षाकर्मीले हवाई फायर गरी विद्यार्थीलाई युक्रेन फर्काउने प्रयास गरिरहेको जनाइएको छ । यद्यपि कुटपिट गर्ने सुरक्षाकर्मी कुन मुलुकका हुन् भन्ने स्पष्ट नभएको बुझिए

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १३६ पटक पढिएको
  • रुसमा पश्चिमा देशको प्रतिबन्धको असर

    किएभ,फागुन १६ गते – रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिन पुगेका छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्पूर्ण समय हुने बताएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई उनले सो कुरा बताएका हुन् ।लडाइँमा आइतवार ‘कठिन समय’ भएको भन्दै युक्रेनी फौजका प्रमुखले रुसी सेनाले ‘सबै दिशाबाट आक्रमण जारी राखेको’ बताएका छन् । पश्चिमा देशहरूको कडा प्रतिबन्धसँगै रुसी मुद्रा रुबलको भाउमा व्यापक गिरावट आएको छ । संयुक्त राष्ट्रसंघले सोमवार सबै १९३ सदस्य राष्ट्र सम्मिलित हुने आपत्कालीन छलफल गर्दैछ । शरण लिनका लागि आवेदन दिन नपर्नेगरी सबै युक्रेनी शरणार्थीलाई तीन वर्षका ला

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • १३३ पटक पढिएको
  • युक्रेनमा ४ सय नेपाली सम्पर्कमा, उद्धार गर्न समिति गठन

    काठमाडौं,फागुन १५ गते – युक्रेनमा रहेका नेपालीको उद्धार हुने भएको छ । गैरआवासीय नेपाली संघले दूतावासको सहयोगमा उद्धार गर्न लागेको हो । संघको सक्रियतामा रुस – युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति गठन भएको छ । समितिले युक्रेनबाट सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गरी नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटका लागि समन्वयन गर्नेछ । सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन हुने भएको छ ।  उद्धारको लागि स्थानियरुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १५५ पटक पढिएको
  • उत्तर कोरियाद्वारा पुन: ब्यालेस्टिक मिसाइल परीक्षण

    प्योङयाङ,फागुन १५ गते  – उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ।क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। यो ब्यालिस्टिक मिसाइल हुन सक्छ। यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएको छ ।जनवरीमा उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १३३ पटक पढिएको
  • युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण हुँदै

    काठमाडौं,फागुन १५ गते – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो ।  राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ । किभमा ठूलो(ठुलो बिल्डिङहरु मिसाइल प्रहारको कारण ध्वस्त बनाउने काम भएको छ । आक्रमण नरोकिए अझै धेरै क्षतिको विवरणहरु आउने बिदेशी संचार माध्यमहरुले जनाएका छन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १४७ पटक पढिएको
  • युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन सरकारको आग्रह

    काठमाडौं,फागुन १४ गते – सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ ।युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो । ‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई मानवीयताको आधारमा आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । सुरक्षित तवरले नेपाल फर्कनका लागि ती मुलुकहरू तर्फ जा

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १५३ पटक पढिएको
  • युक्रेन रुस युद्ध : राजधानी किभमा हतियार लिएर लड्न तयार सर्वसाधरण

    किभ,फागुन १४ गते –  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आगामी केही घण्टामा राजधानी किभमा कडा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।  देशको नाममा सम्बोधन गर्दै उनले जनतालाई दृढ रहन आग्रह गरेका छन्। राजधानी किभमा भएका हतियार पसलका बन्दुक र अन्य हतियार लगभग सकिएको। सर्वसाधरण जनता पनि देश बचाउन ज्यान जोखिममा पार्न तयार छन्। पूर्वी युक्रेनका जनताले यसबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पश्चिमा राष्ट्रले थप सहयोग गर्नुपर्ने बताएका छन्। राजधानीको सुरक्षाका लागि थप सेना पठाइएको युक्रेन सरकारको भनाइ छ। युक्रेनबाट हजारौं मानिस युद्ध र रुसी सेनाबाट जोगिन छिमेकी राष्ट्र पोल्याण्ड,

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १८५ पटक पढिएको
  • युक्रेनको राजधानीमा विस्फोट

    किभ,फागुन १३ गते – युक्रेनको राजधानी किभमा केही स्थानमा विष्फोट भएको खबर बीबीसी हिन्दीमा छ । सीएनएन टोलीले शुक्रबार बिहान किभमा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको र तेस्रो शक्तिशाली विस्फोट राजधानीबाट अलग्गै भएको बताएको छ।पूर्व गृह उप(मन्त्री एन्टोन हाराशेन्कोले युक्रेनको समाचार एजेन्सीसँग विष्फोटको आवाज सुनेको बताएका छन्। उनले क्रुज वा ब्यालिस्टिक मिसाइलको प्रयोग भएको बताएका छन् । युक्रेनी सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैनन् ।युक्रेनको गृह मन्त्रालयका एक अधिकारीले रुसी विमानलाई डार्निटस्कीमा खसालेको बताएका छन् । रुसी जेट ७ ए कोशिट्सिया स्ट्रिट नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले ब

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १५६ पटक पढिएको
  • ३८ जनालाई फाँसीको सजाय

    न्याँ दिल्ली,फागुन ७ गते – भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।१४ वर्ष अघि अहमदाबादमा भएको श्रृंखलावद्ध बम विस्फोटका दोषी ४९ जनामध्ये ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए ।अहमदावाद श्रृखंलाबद्ध विस्फोट उक्त विस्फोटपछि गुजरातको एटीएस अर्थात आतंककारी निरोधी टीमले शंकास्पद मुफ्ती अबु बशीरसँगै ९ जनालाई पक्राउ गरेको थियो । सन् २०१६ मा लगभग आठ वर्षप

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १९० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२