किभ,फागुन १४ गते –  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आगामी केही घण्टामा राजधानी किभमा कडा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।  देशको नाममा सम्बोधन गर्दै उनले जनतालाई दृढ रहन आग्रह गरेका छन्। राजधानी किभमा भएका हतियार पसलका बन्दुक र अन्य हतियार लगभग सकिएको। सर्वसाधरण जनता पनि देश बचाउन ज्यान जोखिममा पार्न तयार छन्। पूर्वी युक्रेनका जनताले यसबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पश्चिमा राष्ट्रले थप सहयोग गर्नुपर्ने बताएका छन्। राजधानीको सुरक्षाका लागि थप सेना पठाइएको युक्रेन सरकारको भनाइ छ। युक्रेनबाट हजारौं मानिस युद्ध र रुसी सेनाबाट जोगिन छिमेकी राष्ट्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाकियामा सरण लिन पुगेका छन्। 

रुसविरुद्ध बलियो प्रतिरोध र सुरक्षा सुनिश्चित गर्न आफूले सबै आवश्यक परिनियोजन गर्ने नेटोले बताएको छ। नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले ब्रसेल्समा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रुसले युरोपको शान्तिमा खलल पुर्‍याएको बताएका छन्। उनले नेटोका सहयोगीहरूले आफ्नो उद्धार योजना सुरु गरेको बताए।  हामीले भूमि, समुद्री र हवाई क्षेत्रमा नेटो सेना तैनाथ गरिरहेका छौं। अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले हाम्रो स्थिति बलियो बनाउन र कुनै पनि आपतकालीन प्रतिक्रिया दिन गठबन्धनको पूर्वी भागमा हजारौं थप सेना तैनाथ गरेका छन्  जेन्स स्टोल्टनबर्गले भने, ुहामीसँग ३० भन्दा बढी ठाउँमा १०० भन्दा बढी जेटहरू छन्। भूमध्य सागरसम्म १२० भन्दा बढी जहाज छन्। हामी हरेक सहयोगी र नेटो क्षेत्रभित्रको प्रत्येक इन्चको रक्षा गर्न जे पनि गर्न तयार छौं