ढल्केवर, साउन १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै
सिरहा,साउन १० गते ।नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ।गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ।उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिर
सिरहा,साउन १० गते । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८।२०७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ। मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो ।आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रह
सिरहा,साउन ५ गते । भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको हो ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले भने, “कुर्थादेखि १७।५ किलोमिटर रेल सञ्चालनका लागि लिक ९पटरी० हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँ
काठमाडौं, साउन ५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ । प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।
काठमाडौँ, साउन ३ गते । न्यायपरिषद्ले थप दुई न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको छ । परिषद्को सिफारिसअनुसार अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुनेछ । पछिल्लो समय न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको परिषद्ले दस दिनयता पाँच न्यायाधीश बर्खास्त गरेको हो । प्राप्त उजुरी र परिषद्को निगरानीमा छानबिनपछि न्यायाधीश पदमुक्त भएका हुन् ।सोमबार परिषद्ले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँमा कार्यरत अनिलकुमार शर्मालाई बर्खास्त गरेको हो । खराब आचरण, कार्यक्षमता अभावमा प्राप्त उजुरी छानबिनपछि बर्खास्तको निर्णय भएको न्याय परिषद्का प
सिरहा,असार २९ गते। प्रहरीले अवैध ग्र्याभेल उत्खनन गरिरहेको अवस्थामा स्काभेटर र टिफर नियन्त्रणमा लिएको छ। प्रहरीले गोलबजार नपा २ टोड्केको वनक्षेत्रबाट ज.१ ज ६८२ नम्वरको स्काभेटर र प्र.–०२–००१–००१–क ०५०८ नम्वरको टिफर नियन्त्रणमा लिएको हो।वनक्षेत्रमा अवैध उत्खनन गरिहेको भन्ने सूचनाको आधारमा गएका प्रहरीले उत्खनन गरिरहेको ठाउँबाटै नियन्त्रणमा टिफर र स्काभेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्पेक्टर राजु केसीले जानकारी दिए।स्काभेटर धनीले भने नम्वरी जमिनबाट व्यक्तिगत प्रायोजनको लागि उत्खनन गरेको बताईरहेका प्रहरीको भनाई छ। स्थानीयले स्काभेटर र टिफर नियन्त्रणमा लिएको स्थान वनक्
काडमाडौं, असार २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कसुरमा मंगलबार विशेष अदालत काठमाडौंमा छुट्टाछुट्टै पाँचवटा मुद्दा दायर गरेको छ ।अख्तियारले डोटी जिल्ला सायल गाउँपालिका वडा नं। ५ मा आर्थिक वर्ष २०७६र०७७ मा विनियोजित रकमवाट मेल्लेख चनपन्ना सडकको काम नै नगरी १४ लाख ३४ हजार २८६ रुपियाँ १४ पैसा भष्ट्राचार गरेको ठहर गरेको छ । फिल्डमा कामै नगरी तत्कालीन निमिक्त प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटा, इन्जिनियर किरणसागर भण्डारी, वडा नं। ५ का अध्यक्ष गणेश बहादुर बोगटी, लेखापाल दिपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्माकुमारी बोगटी ९खड्का०
जनकपुर, असार २७ गते । मधेश प्रदेश सरकारले भुक्तानी निकासाका लागि आर्थिक वर्षको अन्त्यसम्म व्यवस्था गरिदिन सङ्घ सरकारसँग माग गरेको छ ।प्रदेश सरकार प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आइतबार एक विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो । प्रदेशका योजना तथा कार्यक्रमलाई पूर्णता दिन र पूर्णता प्राप्त गरिसकेका कार्यक्रमको भुक्तानीको लागि आर्थिक वर्षको अन्त्यसम्मको व्यवस्था गरिदिन विज्ञप्तिमा माग गर्नुभएको छ । गत वर्ष महालेखा नियन्त्रक कार्यालयको मागअनुसार अर्थ मन्त्रालयको प्रस्तावमा सङ्घीय मन्त्रिपरिषद्बाट असारको अन्तिम दिनसम्म निकासा भुक्तानी दिइने व्यवस्था गरिँदै आएको विज्
सिरहा,असार २७ गते। बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक किशोरलाई धनगढी प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीमाई नगकरपालिका वडा नं.३मा आफ्नै छिमेकी करिव ६ वर्षिया बालिकालाई घर नजिकैको कुखुरा फारममा लगि यौन दुव्र्यवहार गरेको आरोपमा १५ वर्षिय बालकलाई आईतबार विहान पक्राउ परेको हो।बालिकालाई ललाई फाकाई घर नजीकैको कुखरा फारममा लगेर शनिवार वेलुका यौन दुव्यवहार गरेको आरोपमा आईतबार विहान आँप बगैंचाबाट ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।घटना लगदै हल्ला खल्ला भएपछि फारार बालकलाई आज विहान न
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.