सिरहा,असोज १३ गते । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ ।  मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो ।

गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय लाहान प्रमुख कुशेश्वर साहले बताए । ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि चालक अनुमतिपत्र लिनेहरूको संख्या ह्वातै बढेको उनको भनाइ छ ।

यो नयाँ प्रणाली लागू भइसकेपछि अनुमतिपत्र लिनेहरूका लागि यसले एउटा अवसरकै रूप दिएको र अब निर्धक्कताका साथ दुईपांग्रे र चारपांग्रे गाडीको अनुमतिपत्र आवेदन दिन कार्यालय प्रमुख साहले आग्रह गरेका छन ।


पहिला मोटरसाइकलको पास हुने अनुपात २५ प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पुगिसकेको कार्यालयका अधिकृतस्तर छैठो विजय दहालले बताए । त्यस्तै पुरानो व्यवस्थामा गाडीको १५ प्रतिशत रहेकोमा अहिले ३५ देखि ४० प्रतिशत पुगेको उनको भनाइ छ । उनले साइड लाइट बाल्न बिर्सिएको, हलुका लाइन छोएकोलाई कार्यविधि अनुसार पास गरिएको बताए ।

यातायात व्यवस्था विभागले १ जेठ ०७८ देखि लागू हुने गरी दुईपांग्रे र चारपांग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने कार्यविधि पास गरेको थियो । विभागले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात १०० पूर्णांकमा १०० नै ल्याउनुपर्ने व्यवस्था हटाउँदै सामान्य तरुटि भए पास हुने कार्यविधि बनाएको छ ।

एकपटक फर्म भरेपछि तीनपटकसम्म ट्रायल दिन सकिन्छ । पुरानो व्यवस्थाको तुलनामा पास हुनेको संख्या दोब्बरले बढेको सिरहाका परीक्षार्थी संजय सिंहले बताए । शनिबारदेखि लहानमा ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने सुरु भएको छ । पहिलो दिनमै सैयौँ व्यक्तिहरू पास भएका थिए ।

अंक घट्ने अवस्था

– एकपटक अंकित रेखा छोएको ५ अंक

– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक

– टर्निङ इन्डिकेटर लाइट नबालेको १० अंक

– ट्राफिक संकेत पालना नगरेको १५ अंक

– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक

– एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ अंक

– सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरू सामान्य निरीक्षण नगरेको ३ अंक

– हेलमेट लक नलगाई सवारी चलाएको ४ अंक

– अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएको ३ अंक रहेको छ ।