सिरहा,असार ६ गते ।भारतीय टाटा सुमो गाडीमा लुकाई राखेको मदिरा सहित दुई जना भारतीयलाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।मंगलबार साझ प्रहरी कार्यालय अगाडी ट्राफिक प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादब र ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक सुनिल कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ्ग टोली मदिरा सहित भारतिय गाडी नियन्त्रण लिएको छ । मेची नाकाबाट खाली गाडीको भन्सार गराई भारतबाट नेपाल प्रवेश गरी पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बि.आर ०१ पिबि ०८२७ नम्वरको टाटा सुमो गाडीलाई शंका लागी चेक जाँच गर्दा भित्रि भागमा लुकाई छिपाई राखेको अवस्थामा रोयईलस्टाग २०४ पिस र अफिसर च्व
सिरहा,जेठ २८ गते । जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ।मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो।वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ।उजुरीहरूमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ। त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन्।सिराहामा २९२०, धनुषामा २६१५, महोत्तरीमा २३३६, रौतहटमा २०५८, सर्लाहीमा १९२०, सप्तरीमा १५७९ र पर्सामा १३२१ वटा उजुरी परेको छ।यसरी उजुरी परेकामध्ये अह
काठमाडौँ । नेपालमा आउँदो मङ्गलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मङ्गलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा। धर्मराज उप्रेतीले जानकारी दिए । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको
सिरहा,जेठ २४ गते । सप्तरीमा ५० हजार घुस सहित एक वडा अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं४ ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
पर्सा, जेठ २१ गते । नेपाल प्रहरीले वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका १६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपालीसर्लाही बरहथवा नगरपालिका वडा नं.५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरी आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महेशकुमार दास जलेश्वर, जेठ ९ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ । यसका साथै जेठ १० गतेदेखि चिराकी शुल्क बापतको रसिद काट्ने काम सुरु हुने संसारी माई महापुजा मूल समारोह समितिका अध्यक्ष अशोक साहले बताउनुभएको हो । संसारी माई महापूजामा बली प्रदानका लागि बोकाको चिराकी शुल्क प्रतिथान तीन सय ५० रुपियाँ, परेवा, हाँस र मुर्गाको चिराकी प्रतिथान एक सय रुपियाँ शुल्क तोकिएको अध्यक्ष साहले बताउनुभयो । संसारी माई महापुजा मूल समारोह समिति अध्यक्ष साहका अनुसार यही जेठ १० बुधबारदेखि चिराक बापतको रसिद काट्न
सप्तरी, जेठ ६ गते । सप्तरीको महादेवा गाउँपालिका वडा नं। १ सोनरामा सार्वजनिक बाटो बन्द भएको कारण आवतजावत समस्या भएको छ । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको हो ।सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले अरूको समस्या जानेरसमेत बाटो न खोलेको भन्दै त्यहाँका बासिन्दाले गुनासो पोखेका छन्। गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, उपाध्यक्ष अर्चनाकुमारी यादव, वडाध्यक्ष जयश्वर किशोर दास आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसँग वार्ता गरी निकास निकालेका छैन । सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक व्यक्तिले ग
काठमाण्डौ,जेष्ठ २ गते । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्र
काठमाण्डौ,जेष्ठ १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ ।आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान
काठमाण्डौ,जेष्ठ १ गते । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता गिरीले भने। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सद
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.