काठमाण्डौ,पुस १२ गते । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुनेछ ।यस्तै १२ बजेदेखि दिउँसो १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २स्३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।त्यसपछि २:३० बजेदेखि ३:३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।प्रतिनिधिसभ
काठमाण्डौ,पुस ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।अनलाईन
काठमाण्डौ,पुस ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा ९माओवादी केन्द्र०ले निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज ९सोमबार० बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषदमा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो । श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ । गोरखापत्र अनलाईन बाट
काठमाण्डौ,पुस ११ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् ।नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् । ‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन,’ उनले भने ।सरकारमा आफैं जाने र नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए ।मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।अनलाईन खवर बाट
काठमाण्डौ,पुस ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’अनदाईन खवर बाट
काठमाण्डौ,पुस ११ गते । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री हो नै, मन्त्रालय के हुन्छ भन्ने विषयमा ११ बजे छलफल हुन्छ ।’ अहिले केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।माओवादीबाट को–क
काठमाण्डौ,पुस ११ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।त्यसको तयारीका लागि आइतबारै नाप लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो ।स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले दौरा सुरुवाल अहिलेसम्म नलगाएको बताए । मल्लले भने, ‘दौरा सुरुवाल फिट हुन्छ कि हुँदैन भनेर हेर्न बाँकी छ ।’अनलाईन खवर बाट
काठमाडौं,पुस १० गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५
काठमाण्डौ,पुस १० गते । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट लागेको स्रोतले बतायो ।बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रय
काठमाण्डौ,पुस १० गते । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए ।माओवादी नेताहरुको छलफल चलिरहँदा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेट्न आइपुगे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर आएका निधिलाई भेटेपछि प्रचण्डले नेताहरुलाई सुनाए, ‘गठबन्धन संकटतिर गयो ।’एक पदाधिकारीका अनुसार निधिले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नसक्ने सन्देश सुनाएका थिए । उनले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.