X Swastha nirdeshnalai

आर्थिक

    Showing ९१-१०० of ५२८ items.
  • चिठ्ठाको आशमा २९ लाख स्वाहा

    काठमाडौं,चैत्र २ गते । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख नेपाली रकम गुमेको छ । सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोगकर्ता एक नेपालीलाई जर्मनमा बस्ने भनिएका डा। जोन लरेन्ससहितका व्यक्तिले ठूलो रकम चिठ्ठा परेको भन्दै उल्टै २९ लाख ठगी गरेका हुन् ।ती नेपाली नागरिकलाई ९० लाख चिठ्ठा परेको भनिएको थियो । यस्तै, उनलाई सो चिठ्ठाबापतको रकमका लागि करबापत रकम तिर्नुपर्ने भन्दै पटकपटक गरी २९ लाख रुपैयाँ ठगी गरिएको हो ।‘पहिले मलाई फ्रेन्ड रिक्वेस्ट आयो, परिचय भयो, नजिकको व्यक्तिजस्तै गरेर कुराकानी भयो, चिठ्ठा परेको भनेर जानकारी आयो, पछि विभिन्न चरणमा गरेर मलाई पैसा पठाउन भन्न थालियो,’ ती व्यक्तिले भने,

    • प्रकाशित मितिः चैत्र २, २०७८
    • ५३ पटक पढिएको
  • ‘निर्वाचनमा उम्मेद्ववारले ५ करोडसम्म खर्च गर्न पाउनुपर्छ’

    काठमाडौं,फागुन २७ गते –  केही राजनीतिक दलहरुले ५ करोडसम्म खर्च गर्न पाउनुपर्ने माग राखेका छन्। निर्वाचन आयोगमा राजनीतिक दलहरुसँगको छलफलमा केही दलहरुले प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा ५ करोडसम्म बनाउनुपर्ने माग राखेका थिए। चुनाव खर्चको सीमा वैज्ञानिक नभएको भन्दै उम्मेद्ववारको खर्च सीमा बढाउनुपर्ने बताएका हुन्।नेकपा माओवादी केन्द्रका निर्वाचन विभाग प्रमुख लिलामणि पोखरेलले बैठकमा कम खर्चमा धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका थिए। बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा उपयोगमा आउने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्न दलहरुले आयोगलाई ध्यानाकर्षण गराएका थिए। सो क्रममा आयोगले छुट्ट

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ९९ पटक पढिएको
  • मोटरसाइकल चोरी आरोपित ६ जना पक्राउ

    झापा,फागुन २७ गते – झापाका विभिन्न क्षेत्रबाट मोटरसाइकल चोरी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय प्रकाश सहनी, सोही वडाका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर–१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र भारत किसनगंज बिरखोर घर भई भद्रपुर–६ मा समिम ग्यारेज सञ्चालन गर्दै आएका १९ वर्षीय मोहम्मद समिम पक्राउ परेको डीएसपी वसन्त पाठकले बताउनुभयो । सहनीले मोटरसाइकल चोरी गरी बिक्री–वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनको पिछा गरेको थियो । फागुन २३ गते द

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • २२ पटक पढिएको
  • व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

    काठमाडौं, फागुन २७ गते –  अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरुको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्र

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ७६ पटक पढिएको
  • अवैध काठसहित तीन जना पक्राउ

    विरगंज,फागुन २७ गते – डिभिजन वन कार्यालय बाराले तीन जना सहित काठले भरिएको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । तामागढी कोल्हबी सड्क खण्डबाट सुबेदार ध्रुब कुमार कटुवालको नेतृत्वमा गएको टोलीले करिब ५२ क्युफिट चिरानको काठ बरामद गरेको हो । भुसको बोराले छोपेर ट्रयाक्टरमा काठ लोड गरी लैजाँदै गरेको अवस्थामा वन गस्ती टोलीले तीन जना व्यक्ति सहित काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सिमरा ,बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिए ।बिहान तीन बजे काठ लोड गरिएको ना.४ त ७७९ नम्बरको ट्रयाक्टरलाई बा. ६४ प ७८३४ नम्बरको स्कुटीमा बसी निजगढ नगरपालिका–८ का २९ वर्षीय चन्द्र माझी र जीतपुरसिमरा उपमहानगरपालिका–

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ८८ पटक पढिएको
  • खानेपानीलाई २ अर्ब सहयोग

    काठमाडौं,फागुन २७ गते –  जापानले विराटनगरमा खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने भएको छ। अर्थ सचिव मधुकुमार मरासिनी र  नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार अनुदानपत्रमा हस्ताक्षर गरेका हुन्।परियोजना कार्यान्वयनका लागि भएको अर्को अनुदान सम्झौतामा जाइका नेपालका प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयका आर्थिक सहयोग तथा समन्वय महाशाखा सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे। यो परियोजनाले विराटनगरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। ‘अहिले विराटनगरवासीले खानेपानीका लागि कमसल इनारमा भर पर्नु परेको छ। सुरक्

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ८३ पटक पढिएको
  • वीरगन्जमा बर्डफ्लू, १९ सय कुखुरा मरे

    वीरगन्ज,फागुन २७ गते –  वीरगन्जमा पनि कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ। वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो। बर्डए फलु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वठा कुखुरा मरेका छन् ।  फर्ममा रहेका कुखुराहरु बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए। जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएक

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ६३ पटक पढिएको
  • भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई अध्यागमनले फर्कायो

    काठमाडौं,फागुन २७ गते –  त्रिअविले भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई ुशंकास्पद यात्राु भन्दै फर्काएको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले ुशंकास्पद यात्राु भन्दै उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो। अध्यागमनले दुई दिनको अवधिमा ९२४ र २५ फागुनमा० २३ जनालाई शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए। मानव तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरुलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाई गर्न थालेको छ। अध्यागमनका अधिकारीहरुले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन्।  फिर्ता हुनेहरुमा दुबई हिँडेका काठमाडौंका शैर

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ५८ पटक पढिएको
  • एमसीसी आयोजनाका ठेक्का लिन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं,फागुन २७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ५३ पटक पढिएको
  • निर्वाचन सामग्री खरिद प्रक्रिया सुरु

    काठमाडौँ, फागुन २७ गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु(याएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । आयोगले निर्वाचन तयारीबारे जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको जानकारी दिनुभयो ।प्रवक्ता अर्यालले १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको जानकारी दिनुभय

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२