सिरहा,मंसिर २५ गते – रूपन्देहीको देवदह– १० भलुही गैरीगाउँकी सुकुमाया राईले कुशको गुन्द्री बुनेर जीविका चलाएको एक दशक बढी भयो। १३ वर्षदेखि ६१ वर्षीया सुकुमायाले यसैबाट घर धानेकी छन्। गुन्द्री बेचेरै उनले दुई नाति निर्मल र मिलनलाई हुर्काइन्।

पहिले घरमा ओछ्याउन परालका गुन्द्री बुनिन्थ्यो। पछि पूजा पसलहरूमा कुशको गुन्द्री बिक्री हुन थाल्यो,ु सुकुमायाले भनिन्, अनि मैले पनि कुश खोजेर बुन्न थालेकी हुँ।अहिले निर्मल १७ वर्षका भए भने मिलन १५ वर्षका। बालखमै आफ्ना आमाबुवाको छत्रछाया गुमाएका उनीहरूले पढ्न त पाएनन्। तै सुकुमायाले गुन्द्री बुनेर, मजदुरी गरेरै भए पनि उनीहरूलाई भोको पेट राखिनन्। २०६५ सालसम्म उनीहरूको जीवन राम्रै चलिरहेको थियो। देवदह बसाइ सरेर आउनुअघि सुकुमायाको परिवार काठमाडौंमा बस्थ्यो। उनका श्रीमान सूर्यबहादुर राई बेसार खरिद(बिक्री गर्दै गाउँगाउँ डुल्थे। सुकुमाया घरधन्दा र छोराछोरीको रेखदेख गर्थिन्। पहाडी गाउँघरमा उत्पादन हुने बेसार खोज्दै रूपन्देही आएका सूर्यबहादुरलाई यतै बस्ने मन पलायो। २२ वर्ष पहिले परिवारै लिएर देवदह आएका थिए। सिजनमा खेतबारीमा ज्यालादारी काम गर्थे। सुकुमाया श्रीमानलाई सघाउँथिन्। उनीहरूका छोरा सीताराम र छोरी लक्ष्मी थिए। २०६२ सालतिर भने सूर्यबहादुर बिरामी परेर थलिए। जन्डिसबाट थलिएका उनको अर्को साल मृत्यु भयो। बुवाको मृत्यु भएपछि छोरा सीताराम पनि श्रीमती र छोरासहित रोजगारीका लागि भारत लागे। सुकुमाया ज्याला(मजदुरी गर्थिन्। घरखर्च नपुग रकम सीतारामले पठाइदिन्थे।

patiya old

२०६५ सालको एकदिन भने सुकुमायाले नराम्रो खबर पाइन्( सीतारामको मृत्यु भयो। श्रीमानको मृत्यु भए पनि छोराले हेरिरहेको थियो। उसको पनि मृत्यु भएपछि त मेरा दुःखका दिन सुरू भए, सुकुमायाले भनिन्  अन्तिम अवस्थामा मुख समेत हेर्न नपाएकी सुकुमायालाई छोराको मृत्यु कसरी भयो भन्ने पनि थाहा छैन। भारतमै मृत्यु भएका उनको उतै अन्तिम संस्कार गरी बुहारी फर्किएकी थिइन्। खोइ के भएको हो, केही थाहा भएन। बिरामी छ भन्ने थाहा पाएको केही दिनमै मृत्यु भयो भन्ने खबर आयो। न सास न लास। केही पनि देखिएन  अहिले पनि छोराको कुरा गर्दा उनी भक्कानिन्छिन्। बुढी आमालाई घरमा एक्लै छाडेर परदेसिएका सीतारामलाई केही समय कमाइ गर्ने र फर्किएर परिवारलाई सुखले पाल्ने इच्छा थियो रे। सीतारामको मृत्यु हुँदा निर्मल चार वर्षका थिए, मिलन दुई वर्षका। बुहारीले नयाँ जीवनको बाटो रोजिन्। बालख नातिहरूको जिम्मेवारी सुकुमायाकै काँधमा आइपर्‍यो।


श्रीमानको मृत्यु भए पनि छोराले म छँदै छु नि, चिन्ता नलिनू भन्थ्यो। उसले पनि पहिल्यै छोडेर गयो अहिले त सबै सुनसान छ, उनले भनिन्, ुराम्ररी पाल्छु भन्थ्यो, बुढेसकालको सहारा दैवले चुँडिदियो। अहिले यो उमेरमा पनि नातिहरूका लागि दुःख गर्दै छु। कमाउने श्रीमान र छोराको मृत्यु भएपछि एक्लिएकी सुकुमायाले आफैं कमाउँदै नातिहरू हुर्काउनुपर्‍यो। देवदह गैरीगाउँमा लालपूर्जा नभएको एक कट्ठा जमिनमा उनले कच्ची घर बनाएकी थिइन्। ओत लाग्ने ठाउँ भए पनि साँझ(बिहान नाति र आफ्नो पेट भर्न हम्मे थियो। आम्दानीको कुनै स्रोत थिएन। त्यही अवस्थामा उनले कुशको गुन्द्री बुनेर बेच्न थालेकी थिइन्। गुन्द्री बेच्न थालेपछि घरखर्च धान्न केही सहज भएको उनी बताउँछिन्।

दिनहुँ गुन्द्री बुन्नमै व्यस्त सुकुमाया भन्छिन्, यस्तै गरेर अहिलेसम्म दिन बिते, अब कति पो बाँचिएला र, जीवनमा सुखका दिन आऊलान् भन्ने आश चाहिँ छैन। आफू सानो हुँदादेखि नै घरमा ओछ्याउन पराल र पटेराको गुन्द्री बुन्ने उनले कुशको गुन्द्री बेच्न सकिन्छ भन्ने जानकारी पनि श्रीमान र छोराको मृत्यु भएपछि मात्रै पाएकी हुन्। रोपाइँ बेला ज्यालादारीमा मेलापात हिँड्ने सुकुमाया खेतीपाती लगाएपछि खाली हुन्थिन्। गैरीगाउँमै घर भएका लालबहादुर गाहाले सुकुमायाको दुःख देखिरहेका थिए। उनलाई बुटवल, चितवन लगायतका बजारमा कुशका गुन्द्री बिक्छन् भन्ने पनि थाहा थियो। त्यहाँका जंगलमा कुश खेर गइरहेको हुन्थ्यो। बजारका पसलमा भने अन्तैबाट ल्याइएका कुशका गुन्द्री बिक्थे। त्यसैले लालबहादुरले सुकुमाया र गाउँका अरू केही महिलालाई कुशको गुन्द्री बुन्न सुझाए।

कुशका गुन्द्री बुनेर बेच्न लालबहादुर बाजेले सिकाउनुभएको थियो। अहिले त उहाँको पनि मृत्यु भइसक्यो, सुकुमायाले सम्झिन्। सका रूपमा पाइने कुश हिन्दु शुभकार्यमा अनिवार्य मानिन्छ। अहिले यही कुशको कामले आम्दानी दिन थालेपछि यसैलाई आफ्नो पेसा बनाएको सुकुमाया बताउँछिन्। जान्ने(बुझ्ने भएदेखि नै सुकुमाया धेरथोर कमाइ गरिरहेकी थिइन्। तर १३ वर्षअघि पहिलोपटक गुन्द्री बेचेर पैसा थाप्दा सबभन्दा धेरै खुसी लागेको उनले बताइन्ना तिहरूलाई कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेका बेला गुन्द्रीले दिएको पैसाले राहत भयो, उनले भनिन्, अहिले त जेठो नातिले मजदुरी गरेर कमाउन थालेको छ। सुकुमायासँगै गैरीगाउँका १५(१६ घरपरिवारमा गुन्द्री बुनेर घरखर्च चलाउँछन्। केटा मान्छे लेबर(मिस्त्रीको काम गर्न बाहिर जान्छन्। महिलाको काम घरमा केटाकेटी हेर्ने, खाना पकाउने र गुन्द्री बुन्ने हो,उनले भनिन्। वनजंगलमा पर्याप्त कुश पाइने हो भने एक जनाले दैनिक ५(६ वटासम्म गुन्द्री सजिलै बुन्न सकिने उनको अनुभव छ। तर सिंगो गाउँमै गुन्द्री बुनिन थालेपछि कुश पाउन छोडिएको उनले बताइन्।

 वरिपरिका जंगलमा कुश पाइँदैन। नवलपरासीको बर्दघाट, दाउन्ने र कपिलवस्तुको गोरूसिंगेसम्मका जंगलमा खोज्न जानुपर्छ,ु उनले भनिन्, ुत्यति टाढा पुगेर पनि एकैदिनमा एकभारी कुश खोज्न सकिँदैन। उनका अनुसार कुश ल्याउन कहिलेकाहीँ दुई(तीन दिन जंगलमै बस्नुपर्छ। एक(दुई जना मात्रै जंगलमा जान सकिँदैन पनि। गएका सबैलाई भारी पुर्‍याउन समय लाग्छ। गुन्द्रीको व्यापार बाह्रैमास चल्छ। तर वर्षामा काटेको कुश हिउँदमा बुन्न सजिलो हुन्छ। जंगलबाट घाँस जस्तै काटेर ल्याएको कुश घरमा ल्याएर छाँटिन्छ। मिलाएर काटिन्छ। केही दिन सुकाएपछ गुन्द्री बुन्न थालिन्छ। बुन्नसके सजिलै बिक्री भए पनि लागतअनुसार मूल्य नपाउने उनको गुनासो छ। patiya 2

मेहनत गरेजस्तै भाउ पाए त राम्रै हुन्थ्यो नि। एउटा गुन्द्रीलाई फुटकरमा १ सय ५० रूपैयाँसम्म पर्छ। पूजा पसलले थोकमा लैजाँदा एक सय रूपैयाँ दिन्छन्, उनले भनिन्, त्यसैले डोरी किन्नुपर्‍यो, कुश ल्याउँदाको दुःख, गाडी भाडा तिर्नुपर्‍यो। सुकुमायाले १३ वर्षअघि एकदेखि डेढ सय रूपैयाँमा बेच्ने गुन्द्रीको मूल्य अहिले पनि त्यति नै छ। अलि धेरै गुन्द्री बुनिएको भए पोखरा, पाल्पा, नारायणगढसम्मका व्यापारी किन्न आउँछन्। धेरैजसो बुटवलकै पसलमा बिक्री हुन्छ।  आफैंले अलि टाढा लगेर बेच्न सके भाउ अलि पाइन्थ्यो होला। तर त्यसमा समय र गाडी भाडा धेरै खर्च हुन्छ,ु सुकुमायाले भनिन्। वर्षौंदेखि व्यवसायका रूपमा गुन्द्री बुन्दै आए पनि उनी र उनका साथीहरूले अहिलेसम्म सरकारी तहबाट कुनै सहयोग पाएका छैनन्। नगरपालिका, प्रदेश र संघीय सरकारले घरेलु उद्योगको रूपमा सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। नगरपालिकाले किसान तथा अरू व्यवसाय गर्नेलाई विभिन्न किसिमले सहयोग गरेको छ। किसानलाई त उत्पादनमा आधारित भन्दै अनुदान पनि दिने गरेको छ, हामीलाई पनि गुन्द्री बुनेको आधारमा अनुदान दिन सकिन्छ नि, गुन्द्री बुन्ने महिलाहरू भन्छन्। सरकारले उत्पादनको आधारमा अनुदान दिएर आफूहरूलाई व्यवसायिक बनाउन सघाउनुपर्ने उनीहरूको भनाइ छ। देवदह नगरपालिका १० का वडाध्यक्ष यकबहादुर सुनारले महिलाले कार्यक्रम माग गरे नगरपालिका र वडा कार्यालयले सहयोग गर्न तयार रहेको बताए। उहाँहरू कार्यक्रम माग गर्न आउनुभयो भने नगरपालिकाले सहयोग गर्छ। तर अहिलेसम्म हामीलाई यस्तो सहयोग र कार्यक्रम चाहियो भनेर माग गर्नुभएको छैन,ु वडाअध्यक्ष सुनारले  बताउनु भयो