सिरहा,असोज १२ गते । सिरहाको सुखिपुर बरियापट्टी सडक खण्डमा नेपाल प्रहरीकै संरक्षणमा तस्करी भई रहेको रहस्य खुलेको छ । ईलाका प्रहरी कार्यालय सुखिपुरले चोरी निकासी गरी ल्याउदै गरेको समान सुखिपुरको महदेवाबाट पक्राउ गरेपछि लफडा सुरु भएको छ ।
ईलाका प्रहरी कार्यालय सुखिपुरमा प्रमुख चोरी सिकारी गरी समान सहज रुपमा जिरोमाईल, धनगढी, गोलवजार, सम्म सहज बनाउन मासिक रुपमा म संग दश हजार रुपैया लिने गरेको छ । तर पनि समान समातेको व्यपारीले प्रहरी चौकीमा गएर आरोप लगाएको छ ।
आफु एकल महिला हो भारतबाट समान ल्याएर दैनिकी चलाउने काम गरिरहेको बताउदै मलाई समान पक्राउ नगर्नेे सर्तमा मासिक रुपमा प्रहरी चौकी सुखिपुरलाई पैसा दिने गरेको आरोप लगाएको छ । यस विषयमा प्रहरी चौकी सुखिपुरका प्रमुख केही बोल्न चाहेन ।
स्थानियका अनुसार यसले प्रस्ट हुन्छ कि नेपाल प्रहरीले पैसा लिई सुखिपुर वरियारपट्टी सडक खण्डमा चल्ने व्यपारीहरुबाट मासिक रुपमा रकम लिई रहेको कुरा नभए कसैले चौकी भित्र यसरी मुखमै भन्ने आट कसैको हुदैन भन्नु भयो ।
वरियारपट्टी भन्सार खारेज भएपछि वरियारपट्टी र सुखिपुर प्रहरीको असुली
पहिला बरियारपट्टी छोटी भन्सार हुदा व्यपारीहरुले जे भएपनि भन्सार कटाएर समान ल्याउने गर्थे तर अहिले खुल्ला रुपमा दैनिक २० लाख बढीको समान प्रहरीकै मिलोमतोमा गोलवजार,धनगढीबजार सम्म पुगने गरेको नाम नउलेख गर्ने सर्तमा भन्ने यति मात्र कहाँ हो रातीको समयमा सबै व्यपारीहरुको गाडीको लाईन नै हुन्छ । सबै वरियारपट्टीमा समान जम्मा गरी अटो,वसमा लोड गरी चिनी,दाल,मसला, खुर्सानी,तेल,जिरा ,दाल, सागर दुध लागयत सुर्तीजन्य पर्दाथ खैनी,राजनिवास,रजनिगन्धा लागयतका समानहरु ओसार पसार भई रहेको छ बताए ।उनले थपे जिल्ला वा पत्तारीबाट ईन्सपेक्टर सहितको टोली आउदा समान समातेर लान्छ अनी भन्सार बुझाउछन् तर यताको प्रहरी समान पक्राउ गर्दैन ।
उनले भने आज सुखिपुर प्रहरीले राजनिवास,रजनीगन्धा,डिउ लगायतका समान पक्राउ गरेपछि व्यपारीले चौकी मै गएर पैसा लिए पछि किन मेरो समान समातेको हो यदी समान समातनु थियो भने मासिक पैसा किन लिनु भो भन्ने आरोप लगाईको छ ।
यस विषयमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।




















