X wada

स्थानिय

    Showing २६१-२७० of १,३२३ items.
  • हतियार सहित पक्राउ

    सिरहा,मा २९ गते । सिरहा प्रहरीले सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई पक्राउ गरेको छ । सदरमुकाम सिरहामा डेरा लिएर बस्दै आएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदै गर्दा प्रहरीले सरोज यादवको शरीरमा खानतलासीको क्रममा उनको साथबाट हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  हतियारसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः माघ २९, २०८०
    • २२९ पटक पढिएको
  • मिर्चैया : तालाबन्दी गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप, प्रहरी निरीक्षकसहित केही प्रदर्शनकारी घाइते

    सिरहा,माघ २८ गते । सिरहाको मिर्चैया नगरपालिकामा कर्मचारीको विषयलाई लिएर नगरपालिका तालाबन्दी गर्न पुगेका स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरी निरीक्षक सहित सहित केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । वडा नम्बर ३ मा वडा सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित भएको भन्दै नगरपालिकाको विरोधमा आइतबार स्थानीय युवाहरुले नगरपालिका तालाबन्दी गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीको ढुगामुढाबाट नगरपालिकाको झ्यालका सिसा, मोटर साइकल सहित कर्मचारीहरुलाई समेत चोटपटक लागेको जनाइएको छ

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ४२९ पटक पढिएको
  • राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

    सिरहा,माघ २८ गते । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेको कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो । गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए । बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • १८१ पटक पढिएको
  • बरियापट्टीमा भारतीय एसएसबीद्वारा नेपाली महिलामाथि यौन सम्बन्धका लागि दबाब, नमान्दा कुटपिट

    सिरहा,माघ २८ गते । भारत आउजाउ गर्ने नेपालीहरुले सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी बाट निरन्तर ज्यादती र हैरानी भोग्दै आइरहेका छन् । हुँदा हुँदा अब नेपाली महिलाहरूलाई एसएसबीले यौनसम्बन्धका लागि समेत दबाब दिने गरेको संवेदनशील तथ्य उजागर भएको छ । नेपालका थुप्रै सीमावर्ती क्षेत्रका बासिन्दाहरू घरायसी किनमेलका लागि समेत भारतीय बजारमा निर्भर छन् । एक लिटर खानेतेलदेखि एक पोका नून किन्न पनि भारतीय बजारमा जानुपर्छ । यसरी किनमेल गर्न जाने महिलाहरूलाई एसएसबीले प्रताडित गर्ने गरेको सार्वजनिक भएको हो ।बरियारपट्टी गाउँपालिका ४ की ३० वर्षीया सुनिता नाम परिवर्तन ले भान्साको समान किनमेल गर्न चा

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ५५१ पटक पढिएको
  • अवैध कुखुरा प्रहरीकाे नियन्त्रणमा ,भारतीय कुखुरामा कडाई गर्व्यान वसायको माग

    बद्री नारायण यादवसिरहा,२७ माघ ।भारतबाट लुकीछिपी ल्याइरहेको अवस्थामा अवैध कुखुरा सिरहा नगरपालिका–८ बाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।प्रहरी नियन्त्रणमा परेको ३२ किलो कुखुरा माडरस्थित रहेको क्वाइरेन्टाइन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक रविन्द्रराज पाण्डेले बताए । मोटरसाइकल र मान्छेबारे भने उनले केही कुरा गरेन् । उनका अनुसार कुखुरा सम्बन्धमा थप अनुसन्धान जारी छ ।कुखुरा बोकेको मोटरसाइकल सिरहा बजारको सहजबाटो छोडेर बाइपास बाटो प्रयोग गर्दा कुखुरा अबैध रहेको भनेर शंका लागेपछि प्रहरीको सहयोगमा सो कुखुरा नियन्त्रण गएको स्थानीयहरुले बताए ।माडरबाट रामजानकी चौक लौ

    • प्रकाशित मितिः माघ २७, २०८०
    • २७९ पटक पढिएको
  • आधारशिला २२ औं वर्षमा प्रवेश ,चौदह परिवारका सदस्यहरु एकाईस वर्षदेखि एकै ठाउँमा

    सिरहा,माघ २६ गते । एक अर्काबीचको सुमधुर सम्बन्ध नबनिरहेको अहिलेको समाजमा चौदह परिवारका सदस्यहरु एकै ठाउँमा बस्नु पत्यार नलाग्न सक्छ तर महोत्तरी जिल्लाको बर्दिवासमा संचालित कम्युन उन्मुख आधारशिला सामाजिक रुपान्तरणको अभियानमा विगत एक्काईस वर्षदेखि एउटै परिवार भएर एकै ठाउँमा बसेका छन् । महोत्तरी जिल्लाको बर्दिवासस्थित गौरी डाँडामा संचालित कम्युन उन्मुख संस्था आधारशिलाले २१ औं वर्ष पार गरी २२ औं वर्षमा प्रवेश गरेको छ ।नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका उप प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आधारशिलाका संरक्षक समेत हुनुहुन्छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ८०६ पटक पढिएको
  • मिर्चैया नगरपालिकाले सर्वपक्षीयको सहयोगमा रेडक्रस भवन निर्माण

    सिरहा,माघ २४ गते । सिरहास्थित संचालित मिर्चैया नगर अस्पतालबाट स्थानीयको स्वास्थ्य सेवा पहुँचमा थप प्रभावकारी बनाउने उद्देश्यले मिर्चैया नगरपालिकाले सर्वपक्षीयको सहयोगमा रेडक्रस भवन निर्माण गरेका छन् । नगरपालिकाको ईक्वीमेन्ट सहित नगर कोषबाट ३८ लाख एवम् संघ, प्रदेश तथा  सहयोगी हातहरुको सहयोगले रेडक्रस भवन बनेको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले जानकारी दिएका छन् । नगरपालिकाको मातहतमा रहेको वडा नं. ५ स्थित दुई कठ्ठा पाँच धुर जग्गामा बनेको रेडक्रस भवनमा ब्लड बैंक स्थापना गर्ने उद्देश्य अनुरुप नगरपालिकाले रेडक्रस भवन निर्माण गरेको जनाइएको छ । मिर्चैैया नगरपालिकाले नगर

    • प्रकाशित मितिः माघ २४, २०८०
    • २९९ पटक पढिएको
  • बेंखाडी युवा क्लव विजय

    सप्तरी,माघ २४ गते । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ५ कुसहास्थित खेल मैदानमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगितामा वीरगंज युनाईटेड पर्सालाई पछि पार्दै बेंखाडी युवा क्लब वर्दीवास विजयी भएको छ ।खेलको समयावधिभित्र कुनै पनि टिमले जित हासिल गर्न नसकेपछि ट्राइब्रेकरमा खेलाइएको खेलमा वीरगंज युनाईटेड पर्सालाई चार गोलका विरुद्ध पाँच गोलले बेंखाडी युवा क्लव बर्दिवास विजयी भएका हुन। आयोजकले प्रथम विजेता बेंखाडी युवा क्लव बर्दिवासलाई पचहत्तर हजार एक सय एक रुपैया र दोस्रो विजेता विरगंज युनाईटेड लाई एकाउन्न हजार एक सय एक रुपैया नगद ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।विजय टि

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ९३५ पटक पढिएको
  • दोस्रो लहान मेयर गोल्डकप

    सिरहा,माघ २४ गते । सिरहाको लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्रांगणमा २२ गते देखि दोस्रो लहान मेयर गोल्डकप शुरु भएको छ । लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले खेलको उद्घाटन गर्नुहुँदै खेलको माध्यमबाट युवाहरुलाई जार्गित गर्नुको साथै कुलतमा लागेकालाई सही दिशामा ल्याउने खेलको महत्वपूर्ण भूमिका रहने भएकाले खेलको आयोजना गरेको जनाउनुभयो । प्रतियोगितामा नेपालभरिका ९ वटा फुटबल टिमले प्रतिस्पर्धा गर्दैछ । फाल्गुन एक गते अन्तिम प्रतिस्पर्धा गराइने खेलमा प्रथम, द्वितीय हुने टिमलाई क्रमशः तीन लाख र एक लाख पचास हजार नगदसहित शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ७६४ पटक पढिएको
  • दीगो आर्थिक उपार्जनको लागि अन्तरक्रिया

    सिरहा,माघ२४ गते । ग्रामीण क्षेत्रका विपन्न परिवार एवम् अप्रवासीबाट फिर्ता भएका युवाहरुको दीगो आर्थिक उपार्जन गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखरमा मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रममा व्यवसाय व्यवसाय र व्यवसाय सेवा प्रदायकबीच अन्तरसम्बन्धलाई सुदृढ बनाउने उद्देश्य रहेको समृद्धिका आपुर्ति श्रृंखला सुपरीवेक्षक प्रकाश खड्काले जानकारी दिनुभयो । अन्तक्र्रिया कार्यक्रममा कृषि विकास बैंक लहानका ऋण अधिकृत विष्णु घिमिरे, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड लहान शाखाका प्रमुख रामकुम

    • प्रकाशित मितिः माघ २४, २०८०
    • २०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२