सिरहा,फाल्गुन २ गते । सिरहाको लहानमा जारी प्रथममेयर गोल्डपक फुटबल प्रतियोगितामा सलहेश युवा क्लवलाई १ गोल विरुद्ध ३ गोलले विरगञ्ज युनाईटेड टिम पर्सा विजयीभएको छ ।
खेलको अन्तिमसम्म खेलाइएको खेलमाकुनै पनि टिमले जितहासिल गर्न नसकेपछि ट्राइब्रेकरमा खेलाइएको खेलमा विरगञ्ज युनाईटेड पर्सा टिमले ३ गोल र सिरहाका सलहेश युवा क्ववल १ गोल गरेका थिए ।
प्रथम विजेता विरगंज युनाईटेड टिमलाई आयोजकले तीन लाख नगद सहित, शिल्ड प्रमाणपत्र मेडल प्रदान गरेका थिए । त्यसैगरी प्रतियोगितामा दोस्रो हुने सलहेश युवा क्लवलाई एक लाख पचास हजार नगद सहित शिल्ड प्रमाणपत्र मेडल प्रदान गरेका हुन् ।
लहान नगरपालिका प्रायोजक र कस्तुरी युवाक्लव आयोजक रहेको उक्त खेल २० गते शुरु भएको थियो । खेलमा देश भरिका नौ टिमको सहभागिता रहेको थियो ।




















