सिरहा,फाल्गुन २ गते । वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा आज बडो अनुष्ठापूर्वक तराई मधेशसँगै देशभरि अराधना गरी मनाइँदैछ । 

सिरहाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरु रंगिएका छन् भने सरस्वती पूजालाई विशेष बनाउन आजविहानै देखि विद्यालय परिसर विशेष गरी छात्रछात्राहरुको घुँइचो लागेको छ । 

आजकादिनसरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्तहुनेसँगै आजको दिन सरस्वती मातालाई खुशीपारे विद्याप्राप्तहुने जनविश्वास रहेको छ ।

सरस्वती पूजामा विभिन्नना चगानगर्दै उल्लासमय तरिकाले मनाउँदै भोलि सरस्वतीको मूर्तिलाई जलाशयमा गएर जलसमाधि गरी सरस्वती पूजालाई समापन गरिने कार्यक्रम रहेको विद्यालयहरुले जनाइएको छ ।  

C0056T01

C0088T01