X Sharama Funecure

स्थानिय

    Showing १८१-१९० of १,३१५ items.
  • धनुषामा तीनजना बालकको पोखरीमा डुबेर मृत्यु

    सिरहा भदौ २० गते ।धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ। मावलीघरमा भोज खान गएका तीनजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ तीनजना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्।मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ। मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा हुन्।

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ४१० पटक पढिएको
  • बरियापट्टीमा एक पुरुको लाश फेला

     बरियापट्टीमा एक पुरुको लाश फेलासिरहा भदौ १७ गते ।सिरहाको बरियारपट्टीमा एक पुरुको लास फेला परेको छ ।बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ दशगज्जा भन्दा २ सय मिटर उत्तरमा रहेको खेतको आलिमा बेवारिसे अवस्था एक पुरुषको लाश फेला परेको छ ।सशस्त्र प्रहरी बलको क्याम्प भन्दा अन्दाजी २ सय ५० मिनेट पुर्व रहेको लासको सनाखत भएको छैन । शवलाई पोष्टमाटमसका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • ४०१ पटक पढिएको
  • कर वृद्धिको विरोधमा माओवादी आन्दोलित

    सिरहा,भदौ १६ गते । सिरहाको गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को नगरसभाले पारित गरेको मालपोत (कर) वृद्धिको विरोधमा नेकपा माओवादी केन्द्रले आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका अध्यक्ष जीवन कुमार यादवले गोलबजार नगरपालिकाका नगर उपप्रमुख माल्ती साहलाई ज्ञापन पत्र बुझाउँदै जनतालाई ढाँड सेक्ने गरी बढाइको कर सात दिनभित्र फिर्ता नलिए चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । नगर उपप्रमुख मालती साहले मालपोत कर र भूमि वर्गीकरणमा देखिएको समस्या चाँडै नै समाधान गरिने जानकारी दिनुभयो । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को लागि असार १० गते सम्पन्न नगरसभ

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • ३८३ पटक पढिएको
  • डेढ महिना देखि कामती ओछ्यानै, ठेकेदार साह फरार

    सिरहा,भदौ १० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१० मा श्यापुर स्थित दिनेश कामती डेढ महिना देखि ढाँड भाचिएर ओछ्यानमै छटपटाई रहेको छन् । असारको २७ गते गोलवजार नगरपालिका नं. १२ वेतौना स्थित खानाको विषयमा विवाद हुँदा घरको छतबाट धकेलिदा कमतीको ढाँड भाचिएको छ ।ज्यला मजदुरी गरी जिवन यापन गरि रहेका उनी समान्य उपचार गराए पनि खर्चको आभावमा थला परेको हो ।महिनामा तीन पटक उपचार गराउन पर्दा नव्वे हजार खर्च लाग्ने गरेकाले ठेकेदार साहलाई भन्दा कुनै वास्ता नगरेको र भागिरहेकाले रुपैयाको अभावमा घरमै राखि समान्य मलहम पट्टी गरिहेको दुखेसो पोख्दै कामतीको श्रीमती अमिरका कामतीले बताईन । उनी थपदै भनिन प्रहरी

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • ५७२ पटक पढिएको
  • सहमति पछि आम हड्तालको सम्पूर्ण कार्यक्रम स्थगित

    सिरहा,भदौ ७ गते । मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिष कुमार सिंह र नयाँ कमला पुल निर्माण संघर्ष समिति बीच चार बुँदे सहमती भए पछि हिजोदेखि बन्द रहेको सिरहा सदरमुकाम खुलेको छ । समिति र मुख्य मन्त्रीबीच भएको सहमती भएपछि नागरिक समाज सिरहाले गरेको कार्यक्रम स्थगित गरिएसँगै सिरहा सदरमुकाम पूर्ववत् रुपमा संचालनमा आएको छ  । समिति र मुख्य मन्त्रीबीच नयाँ कमला निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेटका लागि संघ सरकारसँग पहल गर्ने नभएमा मधेश प्रदेश सरकारको श्रोतबाट व्यहोर्ने, २०८१।०८।०१ भिधमा पुल निर्माणको डीपीआर का तयारीका लागि बोलपत्र आव्हान गरिने, नयाँ कमला पुल निर्माण संघर्ष

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ३२० पटक पढिएको
  • तीनजना अनसनकारी अस्वस्थ

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • १,६४५ पटक पढिएको
  • वर्षौसम्म कमला पुल नबन्दा जोखिमपूर्ण यात्रा

    सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको निर्माणाधीन कमला पुलको कार्य सम्पन्न नहुँदा सर्वसाधारणहरूलाई सास्ती भोग्नु परिरहेको छ ।१३ वर्ष अघि नै कमला नदीमा पुल निर्माण कार्य सम्पन्न भएर उद्घाटनको अवस्थामा रहेको बेला सिरहातर्फका दुई वटा पिलर भासिएपछि आवतजावतमा यात्रुहरुलाई सास्ती भोग्नु परिरहेको छ । कमला पुल भासिए पनि जोखिमपूर्ण यात्राका लागि दुवैतर्फका यात्रुहरुलाई बाँसको लचका र भ¥याङको प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।हुलाकी सडक आयोजना अन्तर्गत निर्माण भएको सो पुलको निर्माण गर्ने कम्पनी माथि मुद्दा दायर पनि भएको छ । अदालतमा मुद्दा भएको कारणले पुलक

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ३५१ पटक पढिएको
  • दुर्घटनामा दईको मृत्यु, एक घाइते

    सिरहा,श्रावण ३२ गते । सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीस्थित हरिनगरा गाउँपालिका वडा नं.३ का करिव ४१ वर्षीय महेश कुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन् । महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो । ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका–३ निवा

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ३०३ पटक पढिएको
  • २४ घण्टे अल्टिमेटमपछि नगर कार्यपालिकाको बैठक बोलाइयो

    सिरहा,श्रावण ३१ गते । सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरूले नगर प्रमुख शिवशंकर महतोको गैरजिम्मेवारीका कारण नगरपालिकाको काम लथालिंग बनाएको आरोप लगाउँदै सुधारका लागि तीन बुँदे माग गर्दै २४ घण्टे अल्टिमेटम दिएपछि नगर कार्यपालिकाको बैठक बोलाइएको छ ।  कार्यपालिका सदस्यसमेत रहेका वडाध्यक्षहरूले नगरपालिकामा देखिएको समस्या समास्या समाधानको लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगर सभाको मिति तत्काल तोक्नुपर्ने र आर्थिक वर्ष ०८१÷८२ का लागि कार्यक्रम तथा बजेट पारित गर्न कार्यपालिकाको बैठको माग सहित सोमबार २४ घण्टे अल्टिमेटम दिएपछि मंगलबार भदौ २ गतेका लागि नगर कार्यपालिकाको बैठकका लाग

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ५४० पटक पढिएको
  • मेयरको गैर जिम्मेवारी विरुद्ध वडा अध्यक्षहरुको २४ घण्टे अल्टिमेटम

    सिरहा,श्रावण २८ गते । सिरहाको धनगढीमाई नगरपालिकामा नगर प्रमुख शिवशंकर महतोको गैर जिम्मेवारीपनाका कारण नगरपालिकाको सम्पूर्ण कामहरु लथालिंग बनाएको भन्दै तीन सुत्रीय माग राख्दै वडा अध्यक्षहरुले २४ घण्टे अल्टिमेटम दिएको छ ।  आज जारी संयुक्त वक्तव्यमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउन, अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्याहरु समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मिति यथाशिघ्र तय गर्नुपर्ने माग राखेका छन् ।  १४ वटा वडा रहेको नगरपालिकाको १० वटा वडा अध्यक्षहरुको हस्ताक्षरित संयुक

    • प्रकाशित मितिः साउन २८, २०८१
    • १,२८० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२