सिरहा,असोज २१ ग्ते । सिरहाको सुखिपुर नगरपालिकाले समाजिक सुरक्षा भत्ता,एकल महिला भत्ता,फरक क्षमता भएका तथा असक्त र बालपोषण भत्ता वितरण नगर्दा चाड पर्व कसरी मनाउने भन्ने स्थानीयहरु चिन्तित बनेका छन्  ।

हिन्दुहरुको महान चाड विजया दशमीमा पनि स्थानीयहरु भत्ता नपाउदा कसरी चाड पर्व  मानउने भनेर चिन्तित बनेको हो ।

श्रीमान वितिसकेको छ घरमा कमाउने कोही छैन छोराछोरी छन् । दशैको पाँच दिन विति सक्दा पनि आफू एकल महिला भत्ता नपाउदा वर्षमा एक पटक हर्षोउल्लासका साथ मनाउने वडा दशै कसरी मनाउने सुखिपुर नगरपालिका वडा नं. ८ की बेवि कुमारी महराले दुखेसो पोखेकी छिन्  ।

त्यसै गरी दश वर्षं देखि समाजिक सुरक्षा भत्ता पाए पनि समयमा कहिले भत्ता नपाएको सुनाउदै वर्षको ठूलो चाडमा पनि समाजिक सुरक्षा भत्ता नपाउँदा दशै कसरी मनाउने भने चिन्तित रहेको सुखिपर नगरपालिका वडा नं. ८ कै बेचन चौधरीले बताउनु भयो । 

नगरपालिकाले समाजिक सुरक्षा भत्ता कहिलै समयमा दिदैन दिए पनि आठ महिना हुदा तीन महिनाको मात्र दिने गरे पनि दशैमा भत्ता नदिदा सारै समस्या भएको बताउदै   सरसापटी,ऋण लिएर भएपनि दशै मनाउने सुखिपुर नगरपालिका वडा नं. ४ कविलासीका भूपु गाविस अध्यक्ष हरेराम यादव जनाउनु भयो ।

पालिकाबाट वितरण गर्ने विभिन्न भत्ताहरु यो दशै अगाडिनै वितरण गर्नु पर्ने थियो अहिले सम्म वितरण नहूँदा गरिव,दलित तथा विपन्न परिवारहरुलाई चाड पर्व मनाउन गाह्रो परेकाले सम्वन्धित निकायमामा पहल गरी समस्याको समाधान तिर लाग्न पालिकालाई सुखिपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष किसोरी चौधरीले अग्रह गर्नु भयो ।