X wada

स्थानिय

    Showing १,१६१-१,१७० of १,३२३ items.
  • बारामा बलात्कारको घटना बढ्दै

    बारा,मंसिर ९ गते– बारा जिल्लामा बलात्कारका घटना बढ्दै गएका छन् । प्रत्येक महिना एक देखि चारवटा बलात्कारको घटना हुने गरेका छन् ।चालू आर्थिक बर्ष ०७८/७९ को साउनदेखि कात्र्तिक मसान्तसम्म १२ वटा वलात्कार तथा जबरजस्ती करणी उद्योगको आठ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।साउनमा ३, भदौमा ४, असोजमा ४ र कात्र्तिकमा एउटा वलात्कार भएको छ भने, साउनमा ५, भदौ, असोज र कात्तिकमा एक वटा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको बारा प्रहरीले जनाएको छ । प्रत्येक महिना एक देखि चार वटासम्म बलात्कारको घटना दर्ता हुने गरेको छ ।दर्ता भएका जबरजस्ती करणीका घटनामध्ये एक अप्राकृतिक मैथुनसँगै बाल यौन दुर

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १४७ पटक पढिएको
  • समाजवादीसँग टक्कर लिनेहरु सखाप हुने ः अध्यक्ष नेपाल

    सिरहा,मंसिर ९ गते ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिंदै आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको वताउनुभयो । बुधबार सिरहाको लहान आयोजित जिल्ला कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले कर्णाली प्रदेश लगायतका ठाउँमा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गाउँ गाउँबाट प्रवेश लहरको कारण एमालेभन्दा आफ्नो पार्टी शक्तिशाली बनेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले आसन्न एमालेको महाधिवेशनमाथि टिप्पणी गर्दै अध्यक्ष नेपालले एमाले किसान मजदुर पार्टी भनिए

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • २३२ पटक पढिएको
  • गुडिरहेको गाडीबाट खसेर कलेज पढ्ने छात्राको मृत्यु

    जनकपुरधाम,मंसिर ८ गते – गुडिरहेको गाडीबाट लडेर धनुषामा बुधबार एकजनाको मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत धनुषाको धारापानीमा गुडिरहेको विङ्गगरबाट लडेर एक १८ वर्षीया छात्राको मृत्यु भएको हो ।धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका ७ भगवानपुरी पूजा कुमारी महतो बुधबार बिहान मृत्यु भएको हो । बुधबार बिहान ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा गहिरो

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १२९ पटक पढिएको
  • सिरहाका १० स्थानीय तहमा काँग्रेसको सर्वसम्मत नेतृत्व

    सिरहा,मंसिर ८ गते – नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ ।सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । लहान र धनगढीमाई नगरपालिको निर्वाचन भइरहेको छ भने बाँकी पालिकामा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ । अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, गोलबजार नगरपालिकामा राजदेव साह ‘ लालबाबु’, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्यानपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत चयन गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यान

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १२१ पटक पढिएको
  • ३७ प्रतिशत बालबिवाह रौतहटमा

    रौतहट,मंसिर ८ गते – शान्तिका लागि साझा अभियानको सहयोग र साथसाथ सिकाई संजालको आयोजनामा रौतहट जिल्लामा बाल विबाहको अवस्था र हाम्रो दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगाहपुरमा मंगलवार सम्पन्न भएको छ ।रौतहट जिल्लामा पछिल्लो समय देखि बढ्दै गएको बाल विबाह न्यूनीकरण गर्ने विषयमा सरोकारवाला बीच छलफल गरी कार्य योजना बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले रौतहटमा ३७ प्रतिशत बालविवाहको तथ्यांक रहेको बताउदै यसको नियन्त्रण गर्न आवश्यक रहेको जोड दिए । सचेतना तथा शिक्षाको कमीले समाजमा बाल विबाहको घटना बढ्दै गएक

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १०७ पटक पढिएको
  • बलात्कार प्रयासको आरोपमा सर्लाहीबाट पक्राउ

    सिरहा,मंसिर ७ गते – सर्लाही प्रहरीले बलात्कार प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।ब्रहमपुरी गाउँपालिका वडा–७ नोकैल्वामा एक महिलामाथि बलात्कारको प्रयास गर्ने सोही ठाउँका ३८ बर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । यादवले ५ कात्तिकमा ती महिलासँग बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई करणी उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ११८ पटक पढिएको
  • लहानमा एक शव भेटिए

    सिरहा,मंसिर ७ गते – पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा एक पुरुषको शव भेटिएको छ । सडक किनारमा सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको युवल सडक किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।अहिले प्रहरी घटनास्थल पुगेकोले विवरणहरु आई नपुगेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डा. तपन दहालले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • ३३० पटक पढिएको
  • जनकपुरका वडाध्यक्षहरु आन्दोलित, उपमहानगरको गेटमा लगाए ताला

    सिरहा,मंसिर ६  गते – जनकपुरधाम। जनकपुरधाम उप(महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्।पटक(पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्‍दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उप महानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् ।‘नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको छ ।’ वडा नम्बर ७ का अध्यक्ष साहले भने, ‘हामीले पटक(पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेका कारण तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’ उनक

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • १२९ पटक पढिएको
  • आज राष्ट्रपति भण्डारी मटिहानी आउँदै, मटिहानीवासी उत्साहित

    सिरहा,मंसिर ६ गते –मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख ९राष्ट्रपति० आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । आज सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह छाएको हो ।राष्ट्रपतिको मटिहानी ९महोत्तरी० भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ । यतिखेर मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिका पूर्ण कदका तस्वीर टाँगिएका देखिँद

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • १२० पटक पढिएको
  • दाइजो नदिएको भन्दै श्रीमतीको विष खुवाई हत्या

    सप्तरी,मंसिर ६ गते – श्रीमतीलाई विष खुवाइ हत्या गरेका अभियोगमा प्रहरीले बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँलाई पक्राउ गरेको छ ।उनीलाई आइतवार म्याद थपका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । दाइजोबापत मोटरसाइकल र नगद नदिएको जनाउँदै मियाँले परिवारका सदस्यसँग मिलेर २०७६ फागुन २ गते श्रीमती २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको बताइएको छ । शव परीक्षणका कोशी अस्पताल विराटनगरमा भएको थियो । घटनासँगै मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको जाहेरी दर्ता नभएपछि जहिरुद्दिनले उच्

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • ८३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२