X Sharama Funecure

समाज

    Showing ४६१-४७० of १,४४० items.
  • सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिके

    महोत्तरी,पुस ३ गते । महोत्तरीको मटिहानीमा मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा मानमहन्त दास आज बिहान पक्राउ गरेको हो । महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेकोले दासलाई गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जनाउनु भयो । मानमहन्त दासलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ३, २०७९
    • २०३ पटक पढिएको
  • मुस्लिम र थारु मधेशीको सूचीबाट हटे

    काठमाण्डौ,पुस १ गते ।  मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको जानकारी दिए ।मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो । सोही आधारमा मधेशी आयोगले मुस्लिम र थारु समुदायलाई पनि मधेशीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको थियो ।आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको

    • प्रकाशित मितिः पुस १, २०७९
    • १२८ पटक पढिएको
  • गोदाममा छापा, भन्सार छलीका लाखौका सामान बरामद

    विरञ्ज,पुस १ गते । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ ।२७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो परिमाणमा खाद्यान्न सामग्री बरामद गरेको हो । खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका

    • प्रकाशित मितिः पुस १, २०७९
    • १६२ पटक पढिएको
  • युवकको शव भेटियो,हत्या भएको आशंका

    बारा,मंसिर २९ गते । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा एक युवकको शव भेटिएको छ । परालले छोपेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको  छ ।परालको भुसाले छोपेर राखेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाउनु भयो। कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका गरेका छौं’, उनले भने ।काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १५८ पटक पढिएको
  • निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला

    चितवन,मंसिर २९ गते । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत्यु भएको छ । निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ । अन्दाजी ६ महिना ९खाग नपलाएको० उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएका छ । यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि अर्को गैँडा मृत फेला परेको छ । बिहीबार बिहान निकुञ्ज

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १३४ पटक पढिएको
  • जाडो छल्न परालकै आगोको भर

    सिरहा,मंसिर २९ गते । यस वर्ष पनि सितलहर सुरु भई सकेको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको सित लहरबााट जोगिन दलित समुदायहरु परालकै आगो तापेर जाडो काट्ने बाध्यता रहँदै आएको छ ।शीतलहरको कहरमा लाहान–१३ गणेशपुरका चमार समुदायहरू बिहानको चिसो छल्न तीन चार ठाउँमा परालकै आगो९घुर० तापेर चिसोबाट जोगिन थालेको त्यस गाउँका ६० वर्षीय सीताराम मोचीले बताउनुभयो । उहाँका अनुसार यो गणेशपुरका राम बस्तीमा मात्रै होइन नभएर अन्य  दलित समुदायमा ९० प्रतिशतभन्दा बढी सुकुम्वासी र आर्थिक अवस्था कमजोर हुनेहरू शीतलहर र बाढीको चपेटामा पर्ने नियति नै भैसकेको छ । धानको परालको आगो दुई चार मिनेटसम्म पनि टिक्न नसक्ने भ

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १४५ पटक पढिएको
  • दुर्घटनामा परि महतोको मृत्यु

    धनुषा,मंसिर २९ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षीय अमरेन्द्र महतो रहेको छ ।बुधवार राति १० बजे पूर्वबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसको पछि÷पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल ठोकीएर अनियन्त्रित भई पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत ठोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले जनाउनु भयो । महतोको उपचारको क्रममा प्रादेश

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • १२७ पटक पढिएको
  • सिरहा सहित तराईका जिल्लाहरुमा चिसो बढ्यो

    सिरहा,मंसिर २९ गते । सिरहासहित  तराईका जिल्लामा आजबाट चिसो बढेको छ। आज विहानबाट बाक्लो हुस्सु लाग्न थालेपछि यस क्षेत्रका सर्वसाधारणले अन्य दिनको तुलनामा चिसो बढेको महसुस गरेका हुन्। केही दिनदेखि बिहानबेलुका र रातको समयमा चिसो हुने गरेको भए पनि दिनभर पारिलो घाम लाग्ने गरेकोमा बुधबारबाट भने मधुरो घाम लागेर स्याँठ चलेकाले चिसो बढेको महसुस भएको स्थानीयले बताएका छन्। चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार पिरोलिएका छन्। तराईका जिल्लाहरूमा बर्सेनि पुस, माघको जाडोले आय आर्जन न्यून भएका अति विपन्न र दलित परिवार प्रभावित हुने गरेका छन्। चिसो छल्न तराई मधेशका जिल्

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • २४० पटक पढिएको
  • पुन: मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादव सर्वोच्चमा

    धनुषा,मंसिर २८ गते ।  धनुषा- ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन स् मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग,मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा,जिल्ला निर्वाचन कार्यालय धनुषा,प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १९२ पटक पढिएको
  • आनुवांशिक श्रोत केन्द्रले घाँसका मुल विउ तथा मलखाद निःशुल्क वितरण गरे

    सिरहा,मंसिर २७ गते । उन्नत घाँसका विउहरुको मागलाई परिपूर्ति गर्ने उद्देश्यले सर्लाहीको रंजितपुरस्थित घाँसवाली आनुवांशिक श्रोत केन्द्रले यसपल्ट सयौं क्वीन्टल घाँसका मुल विउ तथा मलखाद निःशुल्क रुपमा कृषकहरुलाई वितरण गरेको छ । यस वर्ष वितरित मुल घाँस अन्तर्गत एक सय २० क्वीन्टल जैं, एक सय वीस क्वीन्टल टी ओ सेन्टी, ३ सय के.जी स्टाइलो, २ लाखनेपियर सेट (टुक्रा)। भेज, ज्वाइन्ट भेज, कुडजु लगायत रहेको कार्यालयले जनाइएको छ ।१, २, ३ र ४ प्रदेशका ४६ जिल्लाको कृषकहरुलाई वितरित उन्नत घाँसका विउ तथा मलखादले मुल विऊहरु उत्पादनमा बृद्धि भई विभिन्न जिल्लाका कृषकहरुलाई मागलाई परिपूर्ति गर्ने उद्देश्य रहेको घ

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • २७८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२