X wada

समाज

    Showing २११-२२० of १,४५० items.
  • जितु चौधरीको रहस्यमय मृत्यु, प्रहरीले जाहेरी लिएन

    सिराहा,पुस २३ गते । सिरहाको लाहान नगरपालिका वडा न.१५ शोभापुर बस्ने जितेन्द्र चौधरीको गोलबजार नगरपालिका वडा नं. ६ कृष्ण मन्दिर स्थित मृत्यु भएको करीव एक महिना हुन लागे पनि गोलवजार प्रहरीले जाहेरी मलिन मानेका छैनन् । जितु भनेर चिनिने जितेन्द्र चौधरी मंसिर २९ गते झुन्डिएको अवस्थामा गोलबजारमा फेला परेको थियो।मृतकको अवस्था शंकास्पद रहेको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए तर गोलबजार प्रहरीले जाहेरी दर्ता गर्न नमानेका हो्ु।आईतवार दिउँसो एक पत्रकार सम्मेलन गरि पीडित पक्षले बिज्ञप्ति जारी गरेका छन् । बिज्ञप्तिमा लेखिएको चौधरीको छोरा जिल्ला सिरहा लहान नगर पालिका वडा नं.१५ शोभापुर टोल

    • प्रकाशित मितिः पुस २३, २०८०
    • ६८४ पटक पढिएको
  • अज्ञात रोगले आलु सखाप

    सिरहा,पुस २१ गते । फल्नै लागेको आलु खेतीमा आलुलाई माटो खाने अज्ञात रोगका कारण आलुमा प्वालै प्वाल भएपछि आलु खेती गरेका सिरहाका किसानहरु चिन्तित बनेका छन् । यसपालि शित लहरबाट आलु खेती गरेका किसानहरु जोगिए पनि समयमै रोगको पहिचान गर्न नसक्दा फल्ने लागेको आलुमा रोग लागेर सखाप भएपछि किसानहरु निराश भएका हुन् । सत्रह वटा स्थानीय तह रहेको सिरहा जिल्लाको सबै स्थानीय तहमा कृषि शाखा रहेको छ । कृषि शाखामा रहेको विशेषज्ञहरुको काम उदासिनताको कारण किसानहरुले लगाएको वालीमा रोगको पहिचान समेत गर्न सकेको छैन । कृषि विशेषज्ञहरुले समयमै रोग किराको पहिचान नगरिदिंदा दुःख गरेर लगाएको वालीको उत्पादनमा ह्रास आ

    • प्रकाशित मितिः पुस २१, २०८०
    • ३०७ पटक पढिएको
  • मृत्यु खबरले परिवार स्तब्ध, शव ल्याउनमा सहयोगको अपिल

    सिरहा,पुस २१ गते । भारतको पंजावस्थित सेलर मिलमा काम गरिरहेको अवस्थामा सिरहाको बरियारपट्टि गाउँपालिका वडा नं. ३ नवटोलीका पंचा कामतको मृत्यु खबरले उनका परिवार स्तब्ध बनेका छन् ।मृत्युको कारण हालसम्म नखुले पनि आर्थिक विपन्नताका कारण भारतबाट लास ल्याउने बारेमा उनका परिवार चिन्तित बनेका हुन् । मृतक कामतका छोरा नथुनी कामतले विहान बेलुका छाक टार्न मुश्किल भइरहेको बेला बुवाको लाश कसरी ल्याउने भन्ने आफू चिन्तामा परेका वताए । उनले स्थानीय सरकारसँगै सहयोगी हातहरुलाई बुवाको लाश ल्याउनमा सहयोग गरी दिन सबैमा अपिल समेत गरेका छन् ।चार छोरी र एक छोरा रहेका कामत परिवारको गुजाराको लागि पाँच महिना अघि ठेकेदारको म

    • प्रकाशित मितिः पुस २१, २०८०
    • ४३३ पटक पढिएको
  • २४ घण्टाका लागि निषेधाज्ञा जारी

    सर्लाही, पुस २१ गते । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले यसअघि शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जा

    • प्रकाशित मितिः पुस २१, २०८०
    • २१६ पटक पढिएको
  • हरवाचरवा सम्बन्धि समिक्षा बैठक सम्पन्न

    राजविराज, १३ पुस । हरवाचरवा मुक्त घोषणा तथा सरोकारवालाहरुसँगको समिक्षा बैठक कार्यक्रम शुक्रबार सप्तरीको बोदे बसाईन नगरपालिकामा सम्पन्न भएको छ ।बोदे बर्साइन नगरपालिकाको सभाहलमा सम्पन्न समिक्षा बैठकमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा जिल्लाको बिभिन्न चार वटा पालिकामा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत सन् २०२३ को जनवरीदेखि २०२३ को डिसेम्बर सम्म गरिएको गतिबिधिहरुको समिक्षा गरिएको छ । कार्यक्रममा हरवा चरवाका प्रतिनिधिहरुले अझै आफुहरुले न्यायको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि बिभिन्न किसिमका बिभेद भोग्नु परेको गुनासो गर्दै ह

    • प्रकाशित मितिः पुस १३, २०८०
    • १४७ पटक पढिएको
  • माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी

    सिरहा,पुस १२ गते । हरवा चरवा अधिकार मञ्चले आफ्ना मागलाई सम्बोधन नगरे तीन तहकै सरकारविरुद्ध आन्दोलन छेड्ने चेतावनी दिएको छ । आज सिरहाको लहानमा आयोजित एक कार्यक्रममा हरुवा चरुवा मञ्चले भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा दिने सरकारले निर्णय गरे पनि निर्णय हालसम्म क्रियान्वयन नभएकाले आन्दोलनको विकल्प नरहेको वताएका हुन् ।संघ, प्रदेश र स्थानीय तह तीन तहकै सरकार हरुवा चरुवाको समस्या समाधान गर्नुको सट्टो विकासको नाममा गरिव विपन्न एवम् हरुवा चरुवालाई उठिवास गराइरहेकाले अब चुप लागेर नबस्ने उनीहरुले उल्लेख गरेका छन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले हरुवा चरुवाको माग जायज

    • प्रकाशित मितिः पुस १२, २०८०
    • २७२ पटक पढिएको
  • उच्च स्तरीय संयन्त्रनिर्माणको माँग

    सिरहा,पुस ९ गते । मिटरव्याज बिरुद्धको संघर्ष समिति, नेपाल सिरहालेप्रमुखअधिकारीको नेतृत्वमा रहेको सहायताकक्षले प्रभावकारी कामगर्न नसकेको भन्दै उनीहरुले उच्च स्तरीय संयन्त्रनिर्माणको माँग गरेको छ । संघर्ष समितिले आजपत्रकार सम्मेलन गर्दैजिल्लाप्रशासनकार्यालयमागठित सहायताकक्षले प्रभाकारी ढङ्गले काम गर्न नसक्नुको साथै भएकानिर्णयहरु पनिकार्यान्वयनमा समस्याभइरहेको वताउँदै मिटरव्याज पीडितको समस्याकिनारा लगाउनउच्च स्तरीय संयन्त्रहुनुको विकल्प नरहेको वताएका छन् । पत्रकार सम्मेलनमा समितिका संयोजकमनोज कुमारपासवानले हाम्राउचितमाँगहरु तत्कालकार्यान्वयननभए अझै सशक्तआन्दोलनमाउत्रिनबाध्यहुने बताए ।सम

    • प्रकाशित मितिः पुस ९, २०८०
    • ६२३ पटक पढिएको
  • सिरहामा प्रहरीको अगाडिबाटै हथकडी सहित फरार

    सिरहा,पुष ६ गते ।   जिल्ला सरकारी वकिलको कार्यालय सिरहा अगाडिबाट हतकडीसहित एक अभियुक्त फरार भएका छन्।बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको आरोपित छोटु सदा हथकडी सहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले पुष्टि गरेका छन्।बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो।प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको छ।

    • प्रकाशित मितिः पुस ६, २०८०
    • १,६१७ पटक पढिएको
  • हिमालयन लघुवित्त वित्तीयले बिमा दावी रकम भुक्तानी गरे

     सप्तरी पुस ५ गते। हिमालयन लघुवित्त वित्तीयको शाखा कार्यालय खरचुहिया,सप्तरी बाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी स्व। सदस्य अनु कुमारी चौधरी को मृत्यू पश्चात निज सदस्यको श्रीमान् राम किसुन चौधरी लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।सप्तरी जिल्ला शम्भुनाथ नगरपालीका वडा नं.८ बैरीयाही टोलमा रहेको केन्द्र नं.५३ कि सदस्य अनु कुमारी चौधरी ले यस संस्थाबाट १ लाख २५ हजार रुपैयाँ कर्जा लिएकी थिईन । सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरी कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु २५ हजार रुपैंयाँ र सम्पूर्

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ८७३ पटक पढिएको
  • जाडो छल्न कपडा वितरण

    सिरहा,पुस १ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.४ स्थित मुसहर वस्तीका ४० जना मुसहर बालवालिकालाई नेपाली मुलका फ्रान्सवासी दधी सापकोटाले न्यानो कपडा वितरण गरेको छ ।  ४२ घर परिवार रहेका उक्त मुसहर वस्तिका आठ वर्ष मुनिका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  सापकोटाले वर्ष दिनमा आउँदा केही समाजसेवा गरौं भन्ने उद्देश्यका साथ मुसहर वालवालिकाहरुलाई कपडा वितरण गरेको जानकारी दिनुभयो ।  दैनिकी ज्यालादारी र मजदुरी गरी जिविको पार्जन गर्दै आई रहेका दलित गरीव तथा अति विपन्न मुसहर समुदायले जाडोमा न्यानो कपडा पाएपछि जाडो काट्न सहज  हुने वताइएको छ । 

    • प्रकाशित मितिः पुस १, २०८०
    • ३५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२