विराटनगर कात्तिक ५ गते प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् ।उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए ।
सिरहा,कार्तिक ५ गते । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नु पर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिएका हुन्। मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए।संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको नेपाल प्रहरीले बता
काठमाडौं कात्तिक गते ५ ,अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी बताए ।माथिल्लो अरुणको निर्माणको तयारीमा जुटेको प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण ४ पनि प्राधिकरणमार्फत निर्माण गर्न प्रस्ताव गरेको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अरुण ४ पनि प्राधिकरणले पाउन लागेको पुष्टि गर्दै माथिल्लो अरुण र अरुण ४ गरी करीब १५ सय मेगावाटको परियोजना एउटै नदीमा प्राधिकरण आफैंले एक साथ अघि बढाउन सक्ने बताए । अब प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजनाक
५ गते कात्तिक, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार भएको बाँडफाँटमा २ लाख ९ हजार २५० जनाले शेयर पाएका छन् । आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको आवेदन गरेका थिए । जसमा १० हजार ४४२ आवेदन रद्द भएको थियो भने ३ हजार ५०४ आवेदन सिआस्वा प्रणालीले अस्वीकृत गरेको थियो । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ आवेदनमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख
सिरहा,कार्तिक ५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीईभीटी०मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए ।उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना,उदाशिनता, लापरवाही र भ्रष्टाचार जस्ता गतिविधिलाई त्याग्न सके
सिरहा,कार्तिक ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० संसदबाट पारित हुने बताउनु भएको छ ।बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो ।उहाँले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गर्नु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको पनि बताउनुभयो । उहाँले बाढी र पहिरोले पूर्व र पश्चिममा धेरै ठूलो क्षति प
५ गते कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिएनेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्
गुल्मी,कार्तिक ५ गते । गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले बगाएको जिप फेला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको थियो ।बगेको स्थानबाट ८ सय मिटर तल क्षतविक्षेत अवस्थामा बिहीबार जिप फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।जिप खोला नजिक दलदलमा फसेपछि यात्रु र चालक ओर्लिएका थिए । त्यसलगत्तै माथिबाट आएको लेदो सहितको पानीले जिप बगाएको थियो । जीपसँगै यात्रुहरुका सबै समानहरु बगेका थिए । यसअघि बर्खाको समयमा पनि डहरे खोलाले माल
कलैया,कर्तिक ५ गते । शैक्षिक सुधारको माँग गर्दै महागढी नगरपालिका–२ स्थित श्री नेरा आधारभुत विद्यालय ईनर्वामा तालाबन्दी गरिएको छ ।नियमित पठनपाठन नहुँदा आफुहरुले तालाबन्दी गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जयकिशोर यादवले जानकारी दिए । हिसाव किताव पारदर्शिता गर्नुपर्ने, पाठ्यपुस्तक खरिदको हिसाव सार्वजनिक गर्नुपर्ने, छात्रावृत्ति वितरण, खाजा वितरण, अनुदान रकमको आयव्यय सार्वजनिक गर्नुपर्ने लगायतका माग गरेर तालाबन्दी गरिएको समितिका महिला सदस्य बालकेसी अहिरिनले बताईन् । विद्यालयको तथ्यांकमा २ सय ८० जना विद्यार्थी रहेकोमा नियमित भने ६० देखि ८० जना विद्यार्थी आउने गरेको एक शिक्षिकाले बताईन्
काठमाडौं,कार्तिक ४ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन् । बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यालय उदघाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशन पछि पार्टीको नेतृत्वले विधिपद्धति र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताए ।उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताए । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो।उनले पार्टीको आसन्न १
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.