काठमाडौं,कार्तिक ७ गते – काठमाडौं महानगरपालिका(९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका(६ घर भएका १९ वर्षीय तिलक बहादुर बस्नेत र तार्केश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका(१ घर भएका २८ वर्षीय दिपक गोतामे रहेका छन् ।
संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त खाग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ




















