काठमाडौं, कात्तिक ७ गते –परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
मन्त्रालयका कर्मचारीहरूसँग अभद्र व्यवहार र दुर्व्यवहार गरेको भन्ने खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरिएको बस्नेतले बताए।
अहिले उनलाई प्रहरीले टेकुस्थित परिसरमा राखिएको छ




















