X Sharama Funecure

राष्ट्रिय

    Showing ७९१-८०० of ९९३ items.
  • ६ बन्दकर्ता पक्राउ

    पूर्वी नवलपरासी,कार्तिक ३० गते – पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ। चोरमारा बजारमा मंगलबार बिहान बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लले जानकारी दिए। पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, वीरबहादुर थापा मगर छन्। त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको एसपी मल्लले जानकारी दिए। उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन्।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले बन्दकोआव्हान गरेको

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ११३ पटक पढिएको
  • हरिबोधिनीको समाप्ति, हवन गरी नुहागी पर्व मनाइँदै

    सिरहा,कार्तिक ३० गते  – आज हरिबोधिनी एकादशीको ब्रत पारायण गरिँदैछ । एकादशी सकिएपछि द्वादशीमा ब्रत पारायण गर्ने हिन्दुहरुको चलन छ । हरिबोधिनी एकादशीको भोलिपल्ट घरमा वर्षभरि गरिएको पूजाआजाको मनोरथ पाउन तुलसीको हवन (होम) गर्ने परम्परा रहेको छ ।आज पूजाआजा सकी नेपाली हिन्दुहरु नुहागी खाने गर्दछन् । पहाडका हिन्दुहरु नुहागीलाई नयाँ चामल खाने वा नयाँ अन्न खाने दिनका रुपमा पनि लिने गर्दछन् । यसमा विशेष गरी दही चामल खाने चलन रहेको छ ।हरिबोधिनी एकादशीमा औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी  आज कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशी पर्व सकिएको छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् व

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १०७ पटक पढिएको
  • एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर

    सिरहा, कार्तिक २९ गते । सिरहाको धनगढीमाइ नगरपालिका वडा नं. ८ मा भुटाई यादव लगायत एक दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक साता अघि धनगढीमाई नगरपालिका वडा नं.५ तैंतिस विगहाबाट पनि एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा दर्जनौ नेता कार्यकर्ता प्रवेश गरेका थिए । यसरी  गएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भुटाई यादव वडा नं. ८ का वडा अध्यक्ष प्रत्यासी उम्मेद्वार हुन् भने राम आधार यादव वडा नं. ९ का वडा सदस्य प्रत्यासी उम्मेद्वार हुन् । नव प्रवेशीहरुलाई नेकपा

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ४३६ पटक पढिएको
  • सर्लाही :घुस रकम सहित दुई वडा सदस्य पक्राउ

     सर्लाही,कार्तिक २९ गते । उपभोक्ता समितिको कार्य सम्पन्न सिफारिश गरेको वापत लिईएको रकम सहित दुई वडा सदस्यलाई घुस सहित अख्तियार टोलीले आज पक्राउ गरेको छ । जिल्ला सर्लाही, इश्वरपुर नगरपालिका वडा नं.११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई एक लाख पचास हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले निज पक्राउ गरेको छ । सदस्यद्वय ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिए वापत घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • २४२ पटक पढिएको
  • पूर्वसभासद् कुर्मीलाई पक्राउको माग गर्दै प्रशासनमा दिए धर्ना

    अधिकारकर्मीहरुले पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना दिएका छन् ।बाँकेको निर्मला कुर्मी प्रकरणमा मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् । प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले जनाईन ।प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन धर्ना बसेका महिलाहरुले आग्रह गरेका छन् । साथै, उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पन

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ११६ पटक पढिएको
  • नेपाली सेनाको ट्रक दुर्घटना

    गोरखा,कार्तिक २८ गते – सिरानचोक गाउँपालिका–५ भालुमारामा आइतवार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।भच्चेकबाट गोरखा सदरमुकाम आउदै गरेको लु १ ग १३९ नम्वरको मिनि ट्रक सडकबाट ३० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘सामुदायिक तालिमका लागी भच्चेकमा सामान पुर्‍याएर फर्कदै रहेछ, जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले भने, ‘भालुमारामा आएपछि एक्कासी ब्रेक फेल भएर सडकबाट तल खसेछ ।’ मानवीय क्षति भने नभएको उनले बताए ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १०४ पटक पढिएको
  • मुस्ताङमा हिम पहिरो ः भागदौडमा ९ घाइते

    सिरहा,कार्तिक २८ गते । मुस्ताङको कोबाङ क्षेत्रमा आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।हिमपहिरो खसेपछि त्यसको असरबाट

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३१ पटक पढिएको
  • कार दुर्घटना हुँदा चार जनाको मृत्यु

    सिरहा,कार्तिक २८ गते ।  रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकार

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १४५ पटक पढिएको
  • सेन्टरको अध्यक्षमा पुनः विश्वकर्मा

    सिरहा,कार्तिक २७ गते । प्रेस सेन्टर नेपाल सिरहाको चौथो जिल्ला अबिधेशन आज गोलवजारमा सम्पन्न भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सिरहा  जिल्लाको अधिवेशनबाट सर्वसहमत अध्यक्ष आशिष विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष राम भरोसी यादब, समावेशी उपाध्यक्ष सन्तोष कुमार साह,महिला उपाध्यक्षमा अञ्जली राउत, सचिब मुकेश कुमार यादब (स्वामी),सह–सचिवमा राम नारायण ठाकुर,कोषाध्य सरोज कुमार पासवान लगायत दुई सदस्य पछि थप्ने गरी १५ सदस्यीय जिल्ला कमिटी गठन गरीएको प्रेस सेन्टर नेपालको सिरहा जिल्ला अध्यक्ष आशिष विश्वकर्माले बताउनुभयो ।त्यसै गरी सदस्यहरुमा सुरेश राय,अनु

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ३९८ पटक पढिएको
  • मंसिर १ बाट विद्युतीय राहदानी परीक्षण

    काठमाडौँ,कार्तिक २७ गते– आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ ।आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।मङ्सिर १ गतेदेखि केही हप्ता विभाग

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १०२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२