सिरहा, मंसिर १५ गते । सिरहा लगायत मुलुकको सबै ठाउँमा एकीकृत नेकपा माओवादी केन्द्रको वडा तथा नगर कमिटी गठन भइरहेको बेला सिरहाको धनगढीमाई नगरपालिकाले सम्पूर्ण वडासँगै धनगढीमाई नगरपालिकाको नगर कमिटी सर्वसम्मती रुपमा चयन गर्न सफल भएको छ । 

vlcsnap-2021-12-01-18h24m05s166

आज बुधबार धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा सभ्य र भव्य रुपले सम्पन्न प्रथम नगर सम्मेलनले प्रकाश योन्जनको अध्यक्षतामा ६५ सदस्य कमिटी सर्वसम्मती रुपले चयन भएका हुन् । 

१४ वटा वडा रहेको धनगढीमाई नगरपालिकामा सबै वडालाई प्रतिनिधित्व हुने गरी गठन भएको कमिटीको उपाध्यक्षमा बुद्धिलाल चौधरी, फुलकुमारी श्रेष्ठ, सूर्य प्रकाश महतो, सचिवमा विरेन्द्र साह, सहसचिवमा सरुन मोक्तान र कोषाध्यक्षमा जनक मोते चयन हुनुभएको हो । 

vlcsnap-2021-12-01-18h23m38s138

सम्मेलनले सर्वसम्मती ढंगले दुई जना पछि थप्ने गरी पाँच जना तेजबहादुर आले, श्रीप्रसाद यादव, गणपैत यादव, हिरालाल चौधरी र ब्रहमदेव रामलाई चयन गरिएको छ ।

प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले अब आउने नयाँ नेतृत्वले धनगढीमाई नगरपालिकाको पार्टीलाई अझ मजबुत बनाएर जान आग्रह गर्नुभयो । 

नेता चौधरीले स्थानीय, प्रदेश तथा संघका चुनावमा हार्ने छुट माओवादी पार्टीलाई नभएको उल्लेख गर्नुहुँदै उहाँले पार्टी संगठनलाई अझ सुदृढ र सशक्त बनाउन सबैले आ आफ्नो ठाउँबाट डढेर पार्टीको काममा लाग्न आग्रह समेत गर्नुभयो । 

vlcsnap-2021-12-01-18h27m26s106

सम्मेलनलाई सभ्य तरिकाले संचालन तथा नगर कमिटी गठन गर्न दुर्गा खड्काको संयोजकत्वमा प्रदीप साह, महेश मण्डल लगायत पाँच जना रहेको निर्वाचन समिति समेत गठन गरेका थिए । सर्वसम्मत ढंगले निर्वाचित भएकाहरुलाई निर्वाचन समितिले आजै गोपनीयताको सपथ ग्रहण समेत गराएका छन् । 

vlcsnap-2021-12-01-18h23m56s72

त्यसैगरी नगर कमिटी सदस्यहरुमा जयराम महतो, लक्ष्मण राम, भगवानी चौधरी, रामपरि सदा, टिकाराम वि.क., अनिता चौधरी, रामसागर महतो, कपिल चौधरी, सुरेश महतो, देवसुनैर सदा, सिंहेश्वर महतो, रामनाथ महतो, धनिकलाल मण्डल, शुभलाल राम, रन्जना चौधरी, लक्ष्मी महतो, बोधराज चौधरी, मायादेवी महतो, झोकीलाल तामांग, मिथिला लामा, बलिराम यादव, गणेश मोक्तान, हिरा श्रेष्ठ, सकिल अख्तर, दिलमाया तामांग, लोकबहादुर मगर, पार्वती सिंह, प्रकाश खड्का, वैद्यनाथ कार्की, कमल महतो, कुन्ति दास, विहारी महतो, बद्री साह, रामकुमारी यादव, अस्नी लामा, विशाल राई, इन्द्र प्रसाद यादव, विष्णु न्यौपाने, सोमबहादुर गोले, चन्द्र कु्मारी वि.क., राजकुमार चौधरी, प्रदीप यादव, सुजित कुमार चौधरी, जयकरण साह, पार्वती चौधरी देवनारायण महतो, सुरज यादव, गजेन्द्र कर्ण, रिता यादव, दाना देवी राम लगायतका रहेका छन् ।