khadh sochhta gosthi 1राजविराज, १५ मंसीर । खाद्य उद्योगी व्यसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि सम्बन्धि एक दिने गोष्ठी राजविराजमा सम्पन्न भएको छ ।
खाद्य पदार्थमा बढ्दो मिसावट र गुणस्तरहीनतालाई नियन्त्रण गरी खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा सप्तरीका २५ जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
सो गोष्ठीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले उद्योग पूर्वाधारका आधारहरु, असल उत्पादनको अभ्यास, लेबलिङ्ग एण्ड प्याकेजिङ्ग तथा खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ का मुख्य प्राबधान समेटिएर कार्यपत्र प्रस्तुत गर्नुभयो ।
    कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयनारायण मण्डल, पत्रकार राजु विश्वकर्मा लगायतले कार्यपत्र माथि टिप्पणी गर्दै खाद्य स्वच्छतामा जोड दिनुभयो ।