X Sharama Funecure

राष्ट्रिय

    Showing ७८१-७९० of ९९३ items.
  • आज विश्व शौचालय दिवस

    सिरहा,मंसिर ३ गते – आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । यस वर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ (ख्बगिष्लन त्यष्भित) राखेको छ ।नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १५६ पटक पढिएको
  • सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते

    सिरहा,मंसिर २ गते – सर्वोच्च अदालत परिसरमा धर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ ।झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।  झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन्

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • १४६ पटक पढिएको
  • विद्यालयलाई स्वास्थ्य सामाग्री

    सिरहा, र्मंसिर १ गते । कोभिड १९ अझै कायमै रहेकाले स्वास्थ्य मापदण्डतालाई ख्याल गरी सिरहास्थित धनगढीमाई नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई कोभिड १९ स्वास्थ्य सामाग्री तथा प्राथमिक उपचार बक्स वितरण गरेको छ । सम्पूर्ण विद्यालयहरुमा भौतिक रुपमै पढाई लेखाई भइरहेकोले विद्यार्थी र शिक्षकको स्वास्थ्यलाई ध्यामा राख्दै नगरपालिकाले स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वितरित स्वास्थ्य समाग्रीले कोभिड १९ लाई रोकथाम गर्न सहयोग गर्ने नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।  डब्लु.एच.ओ.ले सन् २०२२ सम्म कोरोना रहिरहने जनाएकोले सचेततापूर्वक सुरक्षा मापदण्ड अपनाउन मास्क, सेनिटाइजर,

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १९१ पटक पढिएको
  • आजदेखि विद्युतको नयाँ महसुल दर लागू, न्यूनतम मासिक शुल्क ३० रुपैयाँ

    सिरहा,मंसिर १ गते –आजदेखि विद्युतको नयाँ महसुल दर कार्यान्वयनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर आजदेखि लागू भएको हो । नयाँ महशुलमा औसतमा २।८४ प्रतिशतले घटाइएको छ ।अबदेखि विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूले न्यूनतम शुल्क ३० रुपैयाँमात्र तिरे पुग्छ ।मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ । सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्य

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २०४ पटक पढिएको
  • सोमबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान

    काठमाडौं,मंसिर १ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते नेपाल आएर प्रक्रिया अघि बढाउने जानकारी गराएको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।प्राविधिक रुपमा जडान भएका सामाग्रीको अवस्था जाँच गर्ने, ग्राउण्ड अवस्था मिलाउने जस्ता काम गरिने क्यालिब्रेसन उडान ३० घण्टा भन्दा बढी हुने प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणका प्राविधिक, विमानस्थल निर्माण कम्पनीका प्राविधिक र एरो थाई

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १६२ पटक पढिएको
  • सर्वोच्च परिसरमा आज पनि प्रदर्शन

    काठमाडौं,मंसिर १ गते । सर्वोच्च अदातल परिसरमा आज पनि कानुन व्यवसायीले प्रदर्शन गर्नुभएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिनुभएको हो ।नेपाल बार एशोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले राजीनामा माग्दै कात्तिक पहिलो सातादेखि प्रदर्शन गर्दै आउनुभएको छ ।यता, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै प्रदर्शनरत पक्षलाई सम्वादमा आउन आह्वान गर्नुभएको थियो । तर, बारले उहाँसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ९९ पटक पढिएको
  • कक्षा १२ को परीक्षाफल मंसिर १५ भित्र सार्वजनिक हुने

    सिरहा,मंसिर १ गते – राष्ट्रिय परीक्षा बोर्डले गर्ने मंसिर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिएको छ ।  बोर्डले मंसिर १५ भित्र नै परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको भए पनि केही दिन अगाडिपछाडि पनि हुन सक्ने बताएको छ ।बोर्डले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको जानकारी दिएको छ । कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।परीक्षा न

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १४७ पटक पढिएको
  • जिल्ला सदस्य सहित चार दर्जन बढी पार्टी प्रवेश

    सिरहा, कार्तिक ३० गते । गोलबजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँमा एमालेका जिल्ला कमिटी सदस्य सहित विभिन्न पार्टी परित्याग गरी ५२ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ । वडा कमिटीद्वारा आयोजित प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य दशरथ बिश्वकर्मा, जनता समाजवादी पार्टीका नगर उपाध्यक्ष राम औतार यादव, नेपाली काग्रेसका सदस्य बद्री महतो लगाएत विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का सह इन्चार्ज बिश्वनाथ साहले नव प्रवेशीहरुलाई फुल माला लगाई पार्टी प्रवेश गराउनुभएको हो ।&n

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ५२२ पटक पढिएको
  • सिरहाको गोलवजारमा जिल्ला स्तरीय तेक्वान्डो सुरु, आजै सम्पन्न हुने

    सिरहा, कार्तिक ३० गते ।सृजना स्कूल तेक्वान्दो डोजाङ्गको आयोजनामा चौथो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता २०७८ आज बाट सुरु भएको छ ।सिरहाको गालवजारमा भईरहेको  तेक्वान्डो डोजाङ्ग प्रतियोगितामा जिल्लाका ६ डोजाङ्गबाट ७७ जना खेलाडिहरु सहभागिता रहेको आयोजक स्कूलका प्रमुख संगम तामाङ्गले जानकारी दिनुभयो ।प्रतियोगितामा ३२ देखि ५२ केजी समुहका महिला र ३४ देखि ६२  केजी समूहका पुरुष खेलाडीहरुले सहभागिता जनाएको छ । प्रतियोगितामा १९ महिला र ५८ पुरुष रहेको सम्पूर्ण खेल आजै सम्पन्न हुने आयोजकले बताए ।गोलवजार नगरपालिकाका वाडा नं. ६ र मुक्ति नेपाल गालवजारको सहप्रायोजनमा खेल भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १६६ पटक पढिएको
  • प्रधानन्यायाधीशको राजिनामा माग गर्दै जिल्ला अदालत अगाडि धर्ना

    सिरहा, कार्तिक ३० गते ।सप्तरीमा कानुन व्यवसायीहरु जिल्ला अदालत राजविराजमा धर्नामा बसेका छन् ।प्रधनन्यायधीश चोलेन्द्र शमशेरको राजिनामा माग गर्दै सोमवार हातमा कालाो पटी बाधेर जिल्ला बारएशोसियन सप्तरीको नेतृत्वमा धर्नामा बसेका हुन् ।नेपाल बारएशोसिसयन सप्तरीका अध्यक्ष डोमन साहको अगुवाईमा १ घण्टा जिल्ला अदालत राजविराजको मुल गेटमा विहान ११ वजे देखि १२ वजे सम्म धर्नामा बसेका थिए ।नेपाल बार एशोसियनको पूर्व निर्धारित कार्यक्रमलाई समर्थन जनाउदै आन्दोलनमा एकतावद्ध जनाउदै दोस्रो दिनको कार्यक्रमलाइ पनि निरन्तरता दिएको अध्यक्ष साहले जनाउनु भयो ।आज  पनि जिल्ला अदालतको मुल गेटमा १ घण्टा धर्ना बस्ने कार्य

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १२० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२