X wada

राजनीति

    Showing ६१-७० of ५०२ items.
  • प्रचण्ड : गठबन्धन संकटतिर

    काठमाण्डौ,पुस १० गते । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए ।माओवादी नेताहरुको छलफल चलिरहँदा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि प्रचण्डलाई भेट्न आइपुगे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर आएका निधिलाई भेटेपछि प्रचण्डले नेताहरुलाई सुनाए, ‘गठबन्धन संकटतिर गयो ।’एक पदाधिकारीका अनुसार निधिले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नसक्ने सन्देश सुनाएका थिए । उनले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १४९ पटक पढिएको
  • कांग्रेसःसरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

    काठमाण्डौ,पुस ९ गते । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ ।बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो ।कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ ।विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।कांग्रेस

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १५९ पटक पढिएको
  • कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

    काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज ९बुधबार० मतदान सुरु भएको छ ।संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १८० पटक पढिएको
  • सांसदहरूको शपथ यसै साता दिउँसो १ बजे गर्ने तयारी

    काठमण्डौ,पुस४ गते । संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ६ वा ७ गते दिउँसो १ बजे गर्ने तयारी छ ।तर, सांसदहरुको शपथ भन्दा अगाडि निर्वाचितहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुपर्छ । ज्येष्ठ सदस्यको पहिचान संसद सचिवालयले गरिसकेको छैन ।निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध ग

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १३७ पटक पढिएको
  • गठबन्धनका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्छौं नेपालको चेतावनी

    काठमाण्डौ,पुस ४ गते ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए ।‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं,’ नेपालले भने, ‘गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’उनले यसबारेमा थप व्याख्या भने गरेनन् । सत्ता गठबन्धनभित

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १५६ पटक पढिएको
  • प्रचण्डःप्रधानमन्त्रीकै लागि सबै चिज दाउमा राख्दिन

    काठमाण्डौ,पुस ४ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए । ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १५३ पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक १ बजे बस्ने

    काठमाण्डौ,पुस ४ गते । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक (आज) सोमबार बस्दैछ ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।  नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो । रातो पाटी बाट

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १४१ पटक पढिएको
  • प्रचण्डको ब्रिफिङ:राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्छन्

    काठमाण्डौ,पुस ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने बताएका छन् ।सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताएका हुन ।‘राष्ट्रपतिबाट गैरराजनीतिक क्षेत्रबाट होइन, राजनीतिक दलबाटै हुन्छ’, प्रचण्डको भनाइबारे एक पदाधिकराीले भने, ‘तर, संविधानमा प्रतिवद्ध मान्छेलाई बनाउनुपर्छ भन्नेमा मुख्य दलहरुबीच करिब–करिब सहमति छ ।’त्यस्तै उनले शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै प्रच

    • प्रकाशित मितिः पुस ३, २०७९
    • १३९ पटक पढिएको
  • माओवादी केन्द्रको बैठक बस्दै

    काठमाण्डौ,पुस ३ गते । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।  दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने जनाएको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति जुट्न सकेको छैन । अनलाईन खवर बाट

    • प्रकाशित मितिः पुस ३, २०७९
    • १३९ पटक पढिएको
  • पुन: मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादव सर्वोच्चमा

    धनुषा,मंसिर २८ गते ।  धनुषा- ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन स् मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग,मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा,जिल्ला निर्वाचन कार्यालय धनुषा,प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • २०१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२