काठमाण्डौ,पुस ३ गते । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति जुट्न सकेको छैन । अनलाईन खवर बाट




















