धनुषा,मंसिर २८ गते । धनुषा- ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन स् मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग,मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा,जिल्ला निर्वाचन कार्यालय धनुषा,प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।अनलाईन खवर बाट




















