सिरहा,फाल्गुन १९ गते । नेपालको संविधान जारी भएपश्चात् दोस्रो पटक स्थानीय तहको आवधिक निर्वाचन हँुदैछ । सरकारले २०७९ साल वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोकेको छ । तोकिएको समयमा नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन निर्वाचन आयोगलाई सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सार्थक सहयोग आवश्यक हुन्छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्च मितव्ययी र पारदर्शी हुनु जरुरी हुन्छ । निर्वाचनमा दलले र उम्मेदवारले गर्ने खर्चको सही व्यवस्थापन हुन सकेन भने त्यसले उम्मेदवारहरू बीचको प्रतिस्पर
नेपालगञ्ज,फागुन १८ गते – जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए । बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । बाँके प्रहरी हिरासतमा रहेका बानिया
काठमाडौं,फागुन १८ गते – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु बीच भेटवार्ता भएको छ। एमसीसी अनुमोदनको विषयमा प्रचण्डसँग मतभेद राखेका श्रेष्ठ र विप्लवबीच बुधबार बिहान भेट भएको हो। पार्टीभित्र अन्तरद्वन्द्व चर्किएको समयमा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।श्रेष्ठ निवास हात्तिवन पुगेका विप्लवले भेटवार्तामा एमसीसीको विषयमा प्रचण्डले जबर्जस्ती गरेको भन्दै राष्ट्रियताका पक्षधर एकजुट हुनुपर्ने बताए। भेटमा विप्लवले श्रेष्ठलाई पार्टी एकता गरेर अगाडि बढ्न आग्रह गरेका छन्। श्रेष्ठले पार्टी फुटाउने लक्ष्य नभएपनि अध्यक्ष कमरेडको अभिव्यक्त
काठमाडौं,फागुन १८ गते – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटीको बैठक बस्ने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल हुनेछ। गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष र केन्द्रीय समितिको सङ्ख्या निर्धारण गरे पनि पदाधिकारी चयन गरेको छैन।महाधिवेशनको हलबाट पदाधिकारीको संख्या र पदाधिकारी निर्वाचन गर्न नसकेपछि टुंग्याउने जिम्मा केन्द्रीय कमिटीको पहिलो बैठकलाई दिएको थियो । तर केन्द्रीय कमिटीको पहिलो बैठ
काठमाडौं,फागुन १८ गते – नेपाल विश्वका दुई ठूला र शक्ति सम्पन्न विशाल राष्ट्रको बीचमा छ। नेपालले विगतदेखि नै दुवैतिरको संरक्षण र सहयोगसमेत प्राप्त गर्दै आएको छ।हरेक देशको अर्को देशसँग आआफ्नै कूटनीतिक तथा राजनीतिक सम्बन्ध हुन्छ। कुनै देश यस्ता पनि छन् जसको मानसिकता र दृष्टिकोण प्रायः सधैं पूर्वाग्राही देखिन्छ। जति राम्रा काम भए पनि त्यसको प्रशंसा गर्ने संस्कार देखिँदैन।बरु आलोचना गर्ने क्रम निरन्तर रहन्छ। यस्ता राष्ट्र पनि छन्, जसले निरन्तर रूपमा अवाञ्छनीय गतिविधि सञ्चालन गरिरहन्छन्। त्यसको विरोधमा कहिलेकाहीँ प्रदर्शन र नकारात्मक आवाजसम्म उठ्ने गरेको देखिन्छ। तिनमा त्यस्तो विध्वंस र अप्रिय काम–क
सिरहा,फाल्गुन १८ गते । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी
काठमाडौं,फागुन १७ गते – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले स्वागत गरेका छन्। एमसीसीले देशको पूर्वाधार विकासमा टेवा पुग्ने उनीहरूले बताएका छन्। सम्झौताअनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत कार्य छिट्टै कार्यान्वयनमा आउने निजी क्षेत्रको विश्वास छ। ‘विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै बनाउँदा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ’ विज्ञप्तिमा भनिएको छ। कोभिड—१९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ। स
सिरहा,फाल्गुन १७ गते । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि एक सय न्यायाधीश र ७ सय उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।जिल्ला न्यायाधीश र न्यायसेवाका कर्मचारीहरुले नपुग्ने भएपछि आयोगले निजामती सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाउने गृहकार्य गरेको हो । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ ।आयोगका अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा जिल्ला न्यायाधीशले नै निर्वाचन अधिकृतको काम गर्नेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ८९२० मा भनिएको छ, ‘मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्व
सिरहा,फागुन १६ गते – संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि आंशिक प्रभाव परेको छ
काठमाडौं,फागुन १६ गते – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु ले पत्रकार सम्मेलन गर्दैछन् । प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि सोमबार दिउँसो ३ बजे आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।समसामयिक राजननीति र एमसीसीका विषयमा पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनमा भूमिका खेलेको भन्दै कार्यकर्ताहरु रुष्ट बनेका छन् । सडकमा भातृ संगठनलाई आन्दोलन गर्न लगाएर एमसीसी अनुमोदनमा सघाएको आरोप प्रचण्डमाथि छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.