X Sharama Funecure

राजनीति

    Showing २०१-२१० of ५०१ items.
  • एमसीसी आयोजनाका ठेक्का लिन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं,फागुन २७ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १५० पटक पढिएको
  • निर्वाचन सामग्री खरिद प्रक्रिया सुरु

    काठमाडौँ, फागुन २७ गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पु(याएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ । आयोगले निर्वाचन तयारीबारे जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको जानकारी दिनुभयो ।प्रवक्ता अर्यालले १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको जानकारी दिनुभय

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १५९ पटक पढिएको
  • २०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा

    काठमाडौं, फागुन २७ गते – सरकारले आगामी वर्ष २०७९ मा  शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ । तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • ११७ पटक पढिएको
  • नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी

    सप्तरी, फागुन २७ गते –  नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो । साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १९६ पटक पढिएको
  • निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

    काठमाडौं,फाल्गुन २७ गते। निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ ।संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव लिइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषय वस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रा

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १४२ पटक पढिएको
  • एमसीसी अनुदान रकमले देश विकास र रोजगार बढाउँछस् प्रधानमन्त्री देउवा

    सिरहा,फागुन २६ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतापछि देश विकास हुनुका साथै रोजगारका अवसर बढ्ने बताउनुभएको छ । एमसीसी सम्झौता अनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने उहाँको भनाइ छ ।पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गर्नुभएको हो ।एमसीसीबाट आउने रकम ऋण नभई अनुदान रहेको उहाँले स्पष्ट पार्नुभयो । काँग्रेस सभापति समेत रहनुभएका देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १७९ पटक पढिएको
  • नापी र मालपोत कार्यालय स्थापनाको तयारी

    महोत्तरी, फागुन २६ गते – महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा नापी र मालपोत कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । गौशालामा नापी र मालपोत कार्यालय स्थापनाका गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहमति दिने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।महोत्तरीको गौशालासहित बाँकेको कोहलपर, डडेलधुराको जोगबुढा र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिपद्मा प्रस्ताव पेश गर्न सहमति प्रदान गर्ने फागुन १८ गतेको अर्थमन्त्रालयको मन्त्रिस्तरको बैठकबाट निर्णय भएको मन्त्रालयका शाखा अधिकृ

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३११ पटक पढिएको
  • नेपाली काँग्रेस सिरहा :संस्थापनइतरको समानान्तर समिति घोषणा

    सिरहा,फाल्गुन २६ गते । नेपाली काँग्रेस सिरहामा संस्थापनइतरको सभापतिका उम्मेदवार रहेका रामसुन्दर चौधरी नेतृत्वमा समानान्तर समिति घोषणा गरिएको छ ।नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्र्तगत सोमवार भएको मतदानमा शक्तिको आडमा संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट संस्थापनइतर पक्षले समानान्तर जिल्ला कार्य समितिको वुधवार घोषणा गरेको छ ।सिराहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षालय भवनमा असन्तुष्ट पक्षको बैठक बसेर निर्वाचनमा होमिएका चौधरी नेतृत्वको प्यानललाई नै समानान्तर कार्य समिति घोषणा गरेको हो । जिल्ला कार्य समिति घोषणा गर्दै निर्वााचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १३८ पटक पढिएको
  • प्रधानमन्त्री देउवा वीरगन्ज आइपुगे

    सिरहा,फागुन २६ गते – नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर बहादुर देउवा वीरगन्ज आइपुगेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन र महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न यहाँ आइपुगेका हुन् । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा वीरगन्ज आएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।घरेलु तथा साना उद्योग महासंघको २५ औं महाधिवेशन तथा महिला उद्यमी केन्द्रीय समितिको २२औं केन्द्रीय सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा वीरगन्ज आएपछि यो अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले निर्धारित कार्यक्रमभन्दा पहिले प्रधानमन्त्रीकै सहभागितामा भर्ख

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • २३३ पटक पढिएको
  • बारामा काँग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने

    बारा,फागुन २६ गते – नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेका हुन् । काँग्रेसको विधानमा सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत हासिल गर्नुपर्छ । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार सभापतिमा ८ सय ३३ मत प्राप्त गरेर राजेश राय यादव प्रथम, ८ सय ९ मत प्राप्त गरेर शम्भु बहादुर बुढाथोकी दोश्रो र ७ सय ८ मत प्राप्त गरेर रामानन्द यादव तेश्रो स्थानमा रहे ।दोस्रो चरणमा राजेश राय यादव र शम्भुबह

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • १५३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२