महोत्तरी,बैशाख २४ गते । नेपाली काँग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ । अनुशासन समितिको शुक्रबारको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको महोत्तरी काँग्रेसले जनाएको छ ।पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका जिल्लाका ३२ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जिल्ला सभापति नागेस्वर यादवले जानकारी दिए । निष्कासनमा पर्नेहरूमा बर्दिबासबाट काँग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्
काठमाडौं,बैशाख २० गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्याएर छाप्न लागिएको हो। आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो। ‘स्वतन्त्र उम्मेदवार हामीले अपेक्ष गरेभन्दा बढी भए’, आयोग स्रोतले भन्यो, ‘त्यसैले पहिला छापिएको मतपत्र काम नलाग्ने भए, नयाँ मतपत्र डिजाइन गरेर छाप्दैछौं।’स्रोतका अनुसार दोहोर्याएर छाप्नुपर्न
सिरहा,बैशाख १६ गते । उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ।वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्।आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ।यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारबाहेक पार्टीकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता लिन अपिल गरेका छन्।उनले निर्वाचन आयोगले दिएको समयभित्रै बागी उम्मेदवारले
काठमाडौँ, वैशाख १५ गते । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो । उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि वा प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवार कायम रहेको महसुस गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकामा उपप्रमुख
उपमहानगरमा मेयर पदका लागि जनमत पार्टीबाट साहले दर्ता गराइन उम्मेदवारी । ११ बैशाख, जनकपुरधाम चुनाव नजिकिदै गर्दा बिभिन्न स्थान र बिभिन्न पार्टीहरुबाट आज र भोली दिने नोमिनेशनको क्रमजारीनै रहेको अवस्था छ । जनकपुरधाम उपमहानगरपालिकाको लागि मेयर,उपमेयर,वडाअध्यक्ष र वडा सदस्य पदहरुको लागि दिएकोे नोमिनेशनमा जनमत पार्टीबाट मेयर पदको लागि अनिता देवी साहले आज जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन्। साह:जनकपुरधामको मेयरका लागि एक मात्र महिला आकांक्षी हुन् ।
१० वैशाख, वीरगञ्ज । सत्तारुढ गठबन्धनको भागवण्डामा जनता समाजवादी पार्टी ९जसपा० को भागमा वीरगञ्ज महानगरपालिका परेपछि नेपाली कांग्रेसका स्थानीय नेतृत्व असन्तुष्ट बनेको छ ।कांग्रेस–जसपाबीच पर्साका सबै स्थानीय तहमा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने जिल्ला स्तरीय सहमति भइसकेको अवस्थामा साझा उम्मेदवारी दिने केन्द्रीय नेतृत्वको निर्णयले कांग्रेसभित्र असन्तुष्टि देखिएको हो ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पर्साका कांग्रेस नेताहरुले असन्तुष्टि राखिसकेका छन् । तर सुनुवाइ हुने सम्भावना देखिन्न । किनकि वीरगञ्जको जस्तै समस्या अन्यत्र पनि छ । वीरगञ्जमा गठबन्धनकै दलहरू नेकपा माओवा
राजविराज, बैशाख १० गते । नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य माे. इस्लाम मियाँ अाज एमाले परित्याग गरी नेकपा माअाेवादी केन्द्रमा प्रबेश गरेकाे छ। राजविराजमा अाज अायाेजित एक कार्यक्रमका बीच नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशाेक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराउनुभयाे । मियाँ गत २०७४ सालकाे स्थानीय तह निर्वाचनमा बाेदे बर्साइन नगरपालिकाकाे मेयर पदमा चुनाब लड्नु भएकाे थियाे भने अघिल्लाे प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बन्नुभएकाे थियाे ।
सिरहा,बैशाख ६ गते । निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हो । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज गरेको उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ ।पार्टी केन्द्रले सत्तारूढ पाँच दलबीच गरेको गठबन्धनको निर्णय जिल्ला तथा स्थानीय तहले नमान्ने भन्दै धमाधम निर्णय गर्न थालेपछि सत्तारूढ दलबीचमा हुने भनिएको तालमेल अन्योलमा पर्दै गएको हो । तालमेल’bout अहिले सबैभन्दा बढी असन्तुष्टि कांग्रेसको तल्लो तहसम्म पुगेको छ ।कांग्रेसको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्
जनकपुरधाम,बैशाख ३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको प्राणवायु् निर्वाचन तोकिएको समयमा हुने बताएका छन्।उनले निर्वाचनप्रति दलहरुको संशय हुने वक्तव्य आइरहेकोप्रति निर्वाचन आयोग गम्भीर रहेको बताउँदै थपलियाले निर्वाचनको सन्दर्भमा कुनै तर्कवितर्क नगरी निर्वाचन केन्द्रीत हुन आग्रह गरे।जनकपुरधाममा निर्वाचन आयोगले शनिवार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त थपलियाले भने, ‘निर्वाचनको मिति अब धकेलियो भने मुलुक दुर्घटनामा फस्ने सम्भावना छ। त्यसैले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्नुस्। निर्वाचनको क्षेप्यास्त्र प्रक्षेपण भइसकेको छ। अब निर्वाचन अ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.