काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब
सप्तरी, १३ फागुन । कुटपिटबाट घाईते भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ निवासी गितादेवी सदाको आर्थिक अभावका कारण उपचारका समस्या भएको छ । घाँस काटेको निहुँमा गत माघ २५ गते डाक्नेश्वरी नगरपालिका २ का जिवछ यादवले २८ बर्षीय सदामाथि निर्घात कुटपिट गरेको थियो । कुटपिट गर्ने यादव फरार छ ।कुटपिटबाट घाईते सदाको स्थानीय पातो बजारस्थित युके मेमोरियल अस्पतालमा प्राथमिक उपचार भएपनि आर्थिक अभावका कारण थप उपचारका लागि अन्यत्र अस्पताल लैजान नसकिएको पीडित परिवारको भनाई छ । “घाईतेको सोही अस्पतालमा करिब एकसातासम्म उपचार भयो”, घाईतेका आफन्त श्रीप्रसाद सदाले भन्नुभयो,“घाईतेको अवस्था बुझ्न अहिलेसम्म नत क
नरेशचन्द्र बरबरिया सिरहा १३ गते ।सिरहामा नगरपालिकामा आज सल्हेश मन्दिर स्थित रहेको पोखरी पोखरीको सरसफाइ गरिएको छ । सन्त निरंकारी मण्डल नेपाल शाखा सिरहा द्वारा आयोजना गरिएको "स्वच्छता अभियान " कार्यक्रम अन्तर्गत आज पोखरी सरसफाई गरिएको हो । "स्वच्छ जल स्वच्छता मन "नाराका साथ सौन्दर्यकरणका लागि सरसफाइको आयोजना गरिएको छ । पदूषण फोहोरका कारण अहिले अनेक किसिमका महामारी रोग फैलिरहेकोले सरसफाइ जस्ता कार्यक्रम गरिएको सदस्य कासिन्द्र यादवले बताए । सिरहा नगरपालिका वडा न.७ का वडा अध्यक्ष बिनोद कुमार यादवले उक्त शल्हेश पोखरी सरसफाइको लागि ट
सिरहा,फाल्गुन १३ गते । सिरहाको लहान नगरपालिका वडा नं. १० स्थित खुट्टी सिंचाई योजनाको काम धमाधम भइरहेको छ । यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी भइरहेको कामले स्थानीय कृषकहरु खुशी भएका हुन् ।निर्माणाधिन योजनाको काम सम्पन्न भएपछि लहान नगरपालिका, सखुवानानन्कारकट्टी गाउँपालिका तथा भगवानपुर गाउँपालिका लगायत आसपासकाका सयौं हेक्टर जग्गामा सिंचाई हुने जनाइएको छ । सिंचाईको अभावमा यस भेगका स्थानीयहरुले अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । सिंचाईको समुचित व्यवस्था नहुँदा किसानहरुले बल्लतल्ल एक वाली मात्र लगाउँदै आएका छन् । सिंचाईको भरपर्दो व्यवस्था भए तीन वालीसम्म लगाउन सक्ने
सिरहा,फाल्गुन १२ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा दिंदै आजदेखि सिरहाको लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लहान नगर क्षेत्रभरि रहेका एघार वटा सामुदायिक विद्यालयका छात्र छात्राहरु सहभागी रहने छ । खेलको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको छ । आजको उद्घाटन खेल अन्तर्गत भलिवल प्रतियोगितामा पुरुषतर्फ पशुपति आर्दश माध्यमिक विद्यालयले जित हासिल गरेका छन् भने महिलातर्फ खेलाइएको खेलमा सगरमाथा मा.वि. ढोढनाले जित आफ्नो पोल्टामा पारेका हुन् । त्यसैगरी पुरुषतर्फ
सिरहा,फाल्गुन ९ गते । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले
सिरहा,फाल्गुन ९ गते । बचौं र अघि बढौं लघुवितिय संस्थाहरुको विरुध एक जुट हौं भन्दै सिरहाको सुखिपुरमा लधुवित्तिय संस्था विरुद्ध नगर स्तरीय विरोध प्रदर्शन गरेको छ । लधुवित्तिय संस्थाहरु द्धारा लगाईएको समुहिक ऋण मिनहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर,नव सामन्तीको रपमा लघुवितिय संस्थाहरु बन्द गर,आवश्यत्ता र क्षमतामा आधारित काम र दामको मुूल्याकन गर र समाजवादी अर्थतन्त्रको विकास गर लगायत माग राखी नगरपालिका स्तरीय विरोध कार्यक्रम गरेका हुन् ।लघुवितिय संस्था विरुधको संघर्ष समिति सिरहाले आयाजना गरेको विरोध कार्यक्रममा विभन्नि लघुवितमा आवद्ध महिलाहरुको सहभागिता रहेको संघर्ष समितिल
सिरहा,फाल्गुन ९ गते । सिरहास्थित मिर्चैया नगर अस्पतालमा विरामीको चाप अत्यधिक बढेको छ । न्यून जनशक्तिका कारण सामान्यतया दैनिक एक सय देखि डेढ सयको संख्यामा विरामीहरु आउन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई भ्याई न भ्याई भएको हो ।अस्पतालले कम खर्चमा छिटो छरितोसँगै विश्वसिनियता सेवा दिन थालेपछि आफूहरु निजी अस्पतालमा उपचार गराउन छोडेको सेवाग्राहीहरु बताउँछन् । २४ शैय्याको अस्पताल नगरपालिकाले आफ्नै स्रोत साधनबाट चौविसै घण्टा सुत्केरी लगायतका अन्य विरामीहरुको सेवा प्रवाह गर्न थालेपछि विरामीको संख्या बढेको हो । विरामीको चाप अनुसार स्टाफको कमीले अस्पताल व्यवस्थापन गर्न कठिनाइ भइरहेको अस्पतालक
सिरहा,फाल्गुन ८ गते । सिरहाको मिर्चैैया नगरपालिकाले वडा अध्यक्षको लागि नगर कोषबाट खरिद गरेको बाह्र वटा मोटर साइकल विगत आठ महिनादेखि अलपत्रमा परेको छ । यस अघिका वडा अध्यक्षले प्रयोग गरेको मोटर साइकल नयाँ निर्वाचित वडा अध्यक्षहरुले लिन नमानेपछि सो मोटर साइकल नगरपालिकाको परिसरमा थन्किएको हो । यस अघि दुई लाख २५ हजारको दरले १२ वटा मोटर साइकलको २७ लाख रकम नगर कोषबाट खर्चिएको थियो । नयाँ निर्वाचित भएर आएका वडा अध्यक्षहरुले मोटरसाइकलको सट्टा मासिक १० हजार सुविधा रकम लिन थालेपछि मोटरसाइकल थन्किएको नगरपालिकाका कार्यकारी अधिकृत सुजित कुमार यादवले वताउनुभयो । नगर कोषबाट रकम खर्च
सिरहा,फाल्गुन ६ गते ।महाशिवरात्रीको दिन शिवको पूजा पाठ गरे मनोकामाना पूरा हुने जनविश्वासको कारण सिरहाको विभिन्न शिव मन्दिरमा पूजा पाठ गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ । सिरहा नगरपालिका वडा नं. १२ मा अवस्थित पौराणिक, धार्मिक तथा ऐतिहासिक स्थल सारस्वरनाथ महादेवको दर्शन गर्न दुर दराजको ठाउँबाट अझ बढी भक्तजनहरु ओइरिएको हो ।शिवरात्रीको अवसरमा सिरहा नगरपालिकाका नगर प्रमुख नविन कुमार यादवले सारस्वरनाथ महादेव मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि गरेको छ । दैवोको दैव महादेव भएकाले उहाँको विशेष सम्मानको लागि हेलिकप्टरद्वारा पुष्पबृष्टि गरिएको जनाएको छ । शिवरात्रीकै अवसरमा पारेर सारस्वरनाथ परिसरम
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.