X wada

मुख्य समाचार

    Showing ६३१-६४० of २,९७० items.
  • लहानमा किताकाट खुल्यो

    सिरहा,फाल्गुन २६ गते । सिरहास्थित लहान नगरपालिकाले जग्गाको वर्गीकरणको सम्पूर्ण विवरण नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरिएपछि लहान नगर क्षेत्रभरिका जग्गाको किताकाट र किनबेच गर्ने बाटो खुलेको छ । आज पत्रकार सम्मेलन गरी जग्गाको वर्गीकरण बुझाउँदै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले अब किताकाट खुल्दा जग्गा किनबेच गरी आफ्नो व्यवहार चलाउन नगरवासीलाई सजिलो हुने उल्लेख गर्नुभयो ।  चौबिस वटा वडा रहेको लहान नगरपालिकाले नगर क्षेत्रका भूमिलाई आवासीय, व्यवसायिक, कृषि, नदीनाला, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र लगायत गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गरी सम्बन्धित निकायलाई बु

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ४,६७८ पटक पढिएको
  • माओवादी घटकहरूको बैठक जारी

    काठमाडौँ,फाल्गुन २६ गते । माओवादी घटकको  बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको छ ।गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि यसको पूर्वमाओवादी घटकहरुले एक भएर प्रतिवाद गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालतको आदेश शान्ति प्रक्रिया विपरीत रहेको भन्दै विरोध जनाउँदै आएका छन् । 

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • २०८ पटक पढिएको
  • साढे २ किलो चरेससहित रुपन्देहीबाट एक महिला पक्राउ

    रुपन्देही,फाल्गुन २६ गते । साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो।बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकी

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १३९ पटक पढिएको
  • भासिएको पुल पुनः निर्माणको लागि प्राविधिक टोली कमलामा

    सिरहा,फाल्गुन २६ गते  । हुलाकी सडकखण्ड अन्तर्गत धनुषा र सिरहालाई जोड्ने भासिएको कमला नदीको पुल पुनः निर्माणको लागि प्राविधिक टोली कमला नदी पुगेका छन् ।गत फागुन १५ गते नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कमला नदीमा बनेको पुल निरीक्षण गर्दै पुल पुनः निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिबद्धता जनाए बमोजिम प्राविधिक टोलीले माटो परीक्षणको लागि कमला नदी पुगेका हुन् ।निर्माण सम्पन्न भई उद्घाटन तयारी गरिए पनि उद्घाटन नहुँदै नदीमा आएको बाढीले १७ असार २०७८ मा कमला नदीको पुलको सिराहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुलक

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • २६४ पटक पढिएको
  • फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति

    जनकपुर, फाल्गुन २५ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५, महेन्द्रनगरस्थित न्यू कृष्णा फर्निचर उद्योगमा आगलागीबाट करिब ६० लाख रुपियाँ मूल्य बराबरको फर्निचरका सामान जलेर नष्ट भएको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार बुधबार राति ९ बजे महेश शर्माले सञ्चालन गर्दैआएको न्यू कृष्णा फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागी हुनुको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट टिनले छाएको टहरा पूर्णरुपमा जलेर नष्ट भएको छ । टहराभित्र रहेका मेशिन, काठ, र तयारी फर्निचर जलेको छ । फनिर्चर उद्योगमा लागेको आगो इलाका प्

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • २५६ पटक पढिएको
  • राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

    काठमाडौं,फाल्गुन २५ गते । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • ८४४ पटक पढिएको
  • हात्तीको आक्रमणले एकको मृत्यु

    सिरहा, फल्गुन २४ गते। हात्तिको आक्रमणबाट सिरहाको गोलबजार नपा ३ जमदह पुरानोडिहका २२ वर्षिय देव प्रसाद सदाको मृत्यु भएको छ ।होलिका दिन साथीहरुसँग गाउँ नजीकैको जङ्गलमा घुम्न गएको बेला हात्तिको आक्रमणबाट घाईते भएको सदालाई उपचारको लागि स्वास्थ्यसंस्थामा पुर्याउनु अघीनै  सदाको मृत्यु भई सकेको वडा अध्यक्ष धनप्रसाद लामाले जानाउनु भयो। सदाको छात्ति र दाहिने खुट्टामा गहिरो चोट देखिएको स्वास्थ्यकर्मी नरेश लामाले बताए।होलिको दिन भएकोले घरमा खानपीन गरी  घुम्न गएको बेला घटना भएको सदायको दिदि सुनिताले बताउनु भयो। उनले भने, ‘म पनि बाख्रा लिएर चराउन हिडे, उनीपनि साथीहरुसँग घुम्न गएको थियो, गाउँमा हात

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • २६१ पटक पढिएको
  • डढेलोले वन सखाप निभाउने जनशक्ति अभाव

    सर्लाही, फागुन २२ गते । सर्लाहीका विभिन्न साझेदारी तथा सामुदायिक र सागरनाथ वन विकास परियोजनाअन्तर्गतका जङ्गलमा लागेको डढेलो नियन्त्रणमा बेवास्ता गरिएको छ। यहाँका वन क्षेत्रमा निरन्तर डढेलो लागेर रुख, बिरुवा सखाप भए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन्। जिल्लाको ईश्वरपुरस्थित फूलजोरबाबा साझेदारी वनको आधाजसो क्षेत्रमा डढेलो लागिसकेको घारिबथान क्षेत्रका स्थानीयले बताएका छन्। वन क्षेत्रको ठाउँ–ठाउँमै आगोले स–साना रुख, बिरुवा जलेर नष्ट भइरहेका हुन्। डढेलो दिनानुदिन फैलिने क्रममा छ। ईश्वरपुर नगरपालिका–१२, स्थित घारिबथान गाउँदेखि दक्षिण पूर्व–पश्चिम राजमार्गस्थित फूलजो

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • १७८ पटक पढिएको
  • मदिरा छोडेपछि फेरियो डुम समुदाय

    लहान, फागुन २१ गते । लहान नगरपालिका–२३, बेतहाका डुम समुदायको जीवनमा उल्लेखनीय परिवर्तन भइरहेको छ। उनीहरूको बसाइ, लवाइखवाइ र सरसफाइमा उल्लेखनीय परिवर्तन आएको छ। उनीहरूको जीवन आर्थिक र सामाजिक रूपमा पनि परिवर्तन भइरहेको छ। अहिले उनीहरूको पक्की घर बनाउने क्रम बढेको छ। बालबालिका विद्यालय जान थालेका छन्। डुम समुदायले मधेशको गर्मीमा वरपीपल वा पाकैरको रुखमुनि बसेर बाँसजन्य सामग्री बनाएर जिविकोपार्जन गर्ने गरेका थिए। बेतहाका बिल्टु मरिक र टिरहा मरिकको घर मात्रै होइन, यो समुदायको फेरिएको व्यवहार देखेर धेरै प्रभावित भएको स्थानीय रामकिसुन दासको भनाइ छ।  उहाँका अनुसार यहाँका मरिकको बानी व्यवहार

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • ३५२ पटक पढिएको
  • कर्मचारीको न्यूनतम तलब ३४ हजार सिफारिस

    काठमाडौँ, फागुन २१ गते । अबदेखि कर्मचारीको तलब वृद्धि गर्दा मर्यादाक्रम नमिलेका पदमा तलब मिलान गरेर मात्र वृद्धि गर्न सुझाव दिइएको छ । उच्चस्तरीय तलब सुविधा आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो व्यवस्था गर्न सुझाव दिइएको छ ।निजामती सेवा र निजामती सेवाबाहिरका कतिपय कर्मचारीका पद मर्यादाक्रममा माथि भए पनि तलब भने कम मात्र पाउँदै आएका थिए । त्यस्तै मर्यादाक्रममा तल परेको तर तलब धेरै भएको पदमा तलब वृद्धि गर्दा तलब मिलान गरेर वृद्धि गर्न पनि सुझाव दिइएको छ । आयोगका सदस्य एवं पूर्वसचिव विमल वाग्लेले सरकारले आगामी दिनमा कर्मचारीको तलब वृद्धि

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • २०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२