सिरहा,चैत्र ९ गते । फलामे ढोकाको रुपमा लिईने एसईई परिक्षा २०७९ चैत १७ गतेदेखि हुन लागेको छ । सिरहामा यस वर्ष परिक्षामा १० हजार १ सय ५० सहभागि हुने भएको छ ।

जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयल गरी चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो । जसमध्ये केन्द्रबाट प्राविधिक धारतर्फका तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।

परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जनाउनु भयो । परीक्षा केन्द्रहरु निर्धारणको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पनीहरु भएको छ । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परीक्षा समन्वय समितिले केन्द्रहरु निर्धारण गरेकाले आशंका नगन शिक्षा समन्वय इकाई प्रमुख महतोले अनुराधे गरे ।

उनले सवै विषयहरुको विश्लेषण पछि विद्यालयहरुलाई पायक पर्नेगरी परीक्षा केन्द्रहरु निधारण गरिएकोछ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार तोकिएका परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिकाको पुगिसकेको प्रमुख महतोले उल्लेख गर्नु 

यसपालि परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका  ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थी सहभागी हुनेछन् ।