काठमाण्डौ,चैत्र ९ गते । आगामी बैशाख १ देखि सरु हुने नाँया शैक्षिक सत्रका लागि पुस्तक छपाईको काम अन्तिम चरण पुगेकोे जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । 

काक्षा ६ देखि १० सम्म एक करोड ५० लाख थान पुस्तक छपाई गर्ने जिम्मेवारी पाएको केन्द्रले करिव दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेककोे जनक शिक्षाका प्रवन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिए । 

बहिरी जिललालाई प्राथमिकता दिएर छापीएका पाठ्यपुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम जारी रहेको निर्देशक झाले वताए ।

केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पुरयाई सकेकाले सरकारको योजना अनुसार नाँया शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात हातमा पुस्तक पुग्ने केन्द्रले उल्लेख गर्नु भयो । 

आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५,८ र १० मा नाँया पाठ्यक्रम लागू हुने जनाएको छ । सरकारले सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्रलाई ६ देखि १० कक्षा सम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षा सम्मको एक करोड २० लाख थान पुस्तक छप्न दिएको छ ।