काठमाडौं,असोज ३१ गते । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।काठ
जनकपुर,असोज ३१ गते । धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।आइतबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।
काठमाडौं,असोज ३१ गते । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ ।केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ । त्यसो त दुई वर्षअघि दरबन्दी मिलान सुझाव कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको र सबैभन्दा बढी अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसयता दरबन्दीकै शिक्षकको पदपूर्ति हुन सकेको छैन ।आयोगका प्रशासकीय प
सिन्धुलीमाढी, असोज ३१ गते । सिन्धुलीको कमालामाई नगरपालिका–५ बोझे निवासी तीन जना बालिकालाई नौ जना केटाले सामूहिक बलात्कार गरेका छन् ।शनिबार राति ती केटाले ती बालिकालाई बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कार गर्ने केटा मध्ये तीन जनालाई पक्राउ गरिएको छ । बाँकी छ जना फरार छन् ।बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कार भएका बालिकाका अभिभावकले किटानी जाहेरी दिई ती केटालाई कारबाहीको माग गर्दै दिएको उजुरीका आधारमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय बिवेक
जुम्ला, असोज ३१ गते । जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालक मध्यका एक दैलेख निवासी शेरबहादुर शाहीको लढेर ज्यान गएको प्रहरीले जनाएको छ ।यही २०७८ असोज २७ गते राति बसपार्क लाईनस्थित होटल भ्यालीभ्यू अगाडि राति भित्र च्यानल गेट चढेर जान खोज्दा लढेर मृत्यु भएको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सिसिटिभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लढेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट मृत्यु भएको बताउनुभयो ।दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातल वर्ष ४५ का शाही होटल संञ्चालक र पारिश्रमिक समे
जनकपुरधाम,असोज ३१ गते । प्रदेश(२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेका छन् ।महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।उनका अनुसार आयोगको गत असोज ६ गतेको निर्णय अनुसार झालाई एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको हो । यो अवधीमा झालाई कुनै पनि लिखित परीक्षामा समावेश नगराउने निर्णय भएको अध्यक्ष यादवले बताए।कर्मचारी भर्नाका निम्ति आयोगले विज्ञापन आह्वान गरेपछि झाले अनलाइन मार्फत् आवेदन दिएका थिए । तर, उनको केहि कागजात अपुग भएकाले आयोग कर्मचारीले इम
तिलोत्तमा,अजोज ३१ गते । रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिकांं–५ स्थित दुई मुहानमा कोटहीमाई–४ कदमहवाका अन्जादी १९ वर्षीय अनिल चौधरीको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।दुर्गा मूर्ति बिसर्जनका क्रममा मृत्यु भएका चौधरीको खोजतलास पश्चात आइतबार बिहान अन्दाज ७ बजे घटनास्थल भन्दा ५ सय मिटर तल झाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।शुक्रबारदेखि नै मूर्ति बिर्सजन गर्न नदीमा आएका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको इलाका प्रहरी कार्यालय मझगावाँ
काठमाडौं,असोज ३१ गते । सानिमा बैंकले ब्याजदर घटाएको छ । दशैं बिदा लगत्तै आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९.५१ प्रतिशत तोकेको थियो ।केको थियो ।मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६.५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम तोकेर बैंकहरुले ऋणको ब्याजदर लिने गरेका छन् ।व्यक्तिगततर्फ ३ महिनादे्खि ६ महिनासम्म अवधिको लागि ६ प्रतिशत र ६ महिना भन्दा बढी अवधिको
धनगढी,असोज ३१ गते । धनगढी । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको
जनकपुरधाम,असोज ३१ गते । घाँटी काटेर हत्या गरेको अवस्थामा धनुषामा एक व्यक्तिको शव भेटिएको छ । नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.