काठमाडौं,कार्तिक २ गते–खराब मौसमका कारण नियमित हवाई सेवा प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चन्द्रगढी, विराटनगर र जनकपुर एयरपोर्टमा हवाइ उडान प्रभावित भएको हो । चन्द्रगढीमा भर्खरैबाट हवाइ सेवा सञ्चालनमा आएको छ। विराटनगर र जनकपुरमा नियमित उडान प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नआएको विमानस्थलले जनाएको छ