विराटनगर,कार्तिक ३ गते । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी बुधबार बिहान विराटनगर विमानस्थलमा पसेको छ ।
विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।
बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।




















