गुजरात,कार्तिक ३ गते–भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् । पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा। नरेश भानुशालीले बताएका छन् । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले
सिरहा,कार्तिक ३ गते–लगातार दुई दिनदेखिको वर्षाले सिन्धुलीमा पर्ने मध्यपहाडी लोकमार्गको ठाँउ–ठाँउमा पहिरो खसेर अवरुद्ध भएको छ ।मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा आधा दर्जन भन्दा बढी ठाँउमा पहिरो खस्नाले यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार खुर्कोट–घुर्मी खण्डमा हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप, सोखुखोला र नागथान लगायतका ठाँउमा माथिबाट पहिरो आएको छ ।पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा दशैँमा टिका लगाएर आफ्नो गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध हुँदा काठमाण्ड
सिरहा,कार्तिक ३ गते–जानकी आँखा अस्पताल जनकपुरधाम रोगीहरुको लागि वरदान साबित भएको छ ।मोतियाविन्दु, जलविन्दु जस्ता आँखाको रोगी भई वर्षौसम्म दृष्टिविहीन सरह बनेका लाखौं रोगीहरुको लागि जानकी आँखा अस्पताल वरदान नै साबित भएको हो । तथ्याड्ढ अनुसार गत वर्ष ८४ हजार ८६२ बिरामीको आँखा परीक्षण भएकामध्ये ७ हजार २५५ जना बिरामीले शल्यक्रिया गराएका थिए । कोरोना संक्रमणका कारण सामुदायिक स्तरमा संचालन गरिएको शिविर प्रभावित भएपनि अस्पतालमा बिरामी आउने संख्यामा खासै असर पारेको देखिएको छ्रैन । ग्रामीण क्षेत्रका सर्वसाधारणको सहज पहुँचका लागि अस्पतालले सवार ीसाधनसहित निःशुल्क उपचार सेवा समेत उपलब्ध गराएकोछ । जानकी आ
काठमाडौं,कार्तिक ३ गते प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाआराधना, आकाश दीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाश दीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाश दीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घर–घरमा विशेषरुपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने ध
बुटवल,कात्तिक ३ गते–रुपन्देहीको मोतीपुरमा गोली चलाएर चार जनाको ज्यान लिएको प्रहरीले सो घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।मोतिपुरमा औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न स्थानीयलाई उक्साएको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका(६ स्थायी ठेगाना भएका ४४ वर्षीय साविर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।कात्तिक १ गते राति डेराबाट पक्राउ गरेको प्रहरीले उनलाई ‘मोतिपुर घटनाको योजनाकार’ भन्दै सार्वजनिक गरेको छ ।मुसलमान बुटवल उपमहानगरपालिका वडा नं।११ देवीनगरमा डेरा लिएर बस्दै आएका थिए । उनले सरकारी जग्गा अतिक्रमणका लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा ब
इटहरी,कार्तिक ३ गते–नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रिडमा बाढी पसेपछि प्रदेश १ का धेरैजसो जिल्लाको विद्युत सेवा प्रभावित भएको छ। पानी निरन्तर परिरहेकाले तत्काल विद्युत प्रशारण नियमित नहुने ग्रीडले जानकारी दिएको छ ।सवस्टेशनको कन्ट्रोल बोर्डमा नै पानी छिरेपछि मंगलबार साँझबाट विद्युत् अवरुद्ध भएको थियो । पानी नघटेसम्म विद्युत आपूर्ति हुन नसक्ने जानकारी ग्रीडले दिएको छ । ग्रीडबाट सुनसरी, मोरङ, झापादेखि भोजपुरसम्म विद्युत वितरण हुँदै आएको छ । २०७४ सालमा पनि बाढीका कारण ग्रिड बन्द हुँदा ४ दिन पछि सञ्चालनमा आएको थियो
विराटनग,कार्तिक ३ गते— केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसेमा पानीको बहाव उच्च भएको हो ।बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ ।नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ
महेन्द्रनगर,कात्तिक ३ गते–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बुधबार बिहान मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौरदशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण
पाँचथर,कार्तिक ३ गते — अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् ।सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा(छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार मिक्लजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।पहिरोले मेची राजमार्गको इ
विराटनगर,कार्तिक ३ गते । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी बुधबार बिहान विराटनगर विमानस्थलमा पसेको छ । विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । उनका अनुसार क्वाटरमा पनि बाढी पस्ने जोखिम छ ।बुद्ध र यती एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्ध गरेको जानकारी दिएका छन् ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.