सिरहा,कार्तिक ४ गते । गरिब देशका लागि बहुमतीय प्रणाली हानिकारक रहेछ स् नीलकण्ठ उप्रेती
देशमा अहिले निर्वाचनसम्बन्धी बहस तातेको छ । एकातिर निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने बहस सुरु भएको छ भने अर्कोतिर आगामी चुनाव कहिले गर्ने भन्ने बहस तातेको छ । आगामी फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भएकाले गाउँघरतिर चुनावको चर्चा–परिचर्चा दसैँकै बेलादेखि सुरु भइसकेको छ ।
नेकपा एमालेका नेताहरू यो मिश्रित निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउन नसक्ने भन्दै समानुपातिक प्रणाली खारेज गरिनुपर्ने बताउन थालेका छन् भने माओवादीका नेताहरू प्रत्यक्ष प्रणालीलाई खारेज गरेर पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने बताइरहेका छन् । नेपाली काँग्रेस भने यो बहसमा अहिलेसम्म लगभग मौन देखिएको छ ।
अर्को बहस छ– निर्वाचन कहिले गर्ने रु अर्ली इलेक्सन गर्ने कि रु स्थानीय चुनाव पछि सार्ने कि रु तीनवटै चुनाव एकैचोटि गर्ने कि रु अथवा स्थानीय चुनाव अगावै संघको चुनाव गर्ने कि रु यिनै विषयमा हामीले पूर्वप्रमुख निर्वाचन आयुक्तनीलकण्ठ उप्रेतीसँग कुराकानी गरेका छौं ।
उप्रेतीले दुईवटा प्रस्तावहरू अगाडि सारेका छन् स् एक– निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिकमा जाऔँ । दुई– आगामी फागुनदेखि वैशाखभित्र तीनवटै तहको चुनाव एकैसाथ गरौँ




















