काठमाडौं, कत्तिक ८ गते – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । कोभ्याक्स सुविधा अन्तरगत सो खोप नेपाललाई उपलब्ध गराइएको हो । अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो
वीरगञ्ज,कार्तिक ८ गते – असोज २१ गते वीरगञ्ज(१३ मा १९ वर्षीया युवतीको शंकास्पद मृत्युपछि शव गाड्न लागेको सूचना प्रहरीलाई आयो । जबर्जस्ती करणीपछि अत्याधिक रक्तश्राव भई मृत्यु भएको प्रारम्भिक सूचना प्रहरीसमक्ष आएको थियो ।शव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको जेठो छोरा नासिर मियाको घरमा छ भनिएको थियो । दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटियो ।घरमा पुग्दा महिला सदस्यहरू मात्र थिए, उनीहरुले केही बताएनन् । त्यसपछि प्रहरीले आसपासमा रहेका मुस्लिम समुदायको अन्तिम संस्कार गर्ने स्थल ‘कब्रिस्तान’हरूमा खोजी गर्यो ।वीरगञ्ज(१३ मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा युवतीको शव दफन ९गाड्ने०
विराटनगर,कार्तिक ७ गते – आफ्नै आमामाथि शरीर बन्धक तथा जबरजस्ती मुद्दा दर्ता गराएकी पीडित युवतीले प्रहरीले मुद्दा कमजोर बनाएको आरोप लगाइएकी छिन् । आफूले प्रहरीमा बुझाउन गएको प्रमाण प्रहरीले नबुझिदिएको आरोप ती युवतीको छ।विराटनगर १० की मन्जुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २२ वर्षीया छोरीले बन्धक बनाइ जबरजस्ती करणी गराउन खोजेको भन्दै मुद्दा दिएकी थिइन्। उनले न्यायका लागि प्रहरीमा मुद्दा दर्ता गराउन खोज्दा प्रहरीले लिन नमानेको आरोप लगाएकी छिन्।प्रहरीमा मैले बुझाइको प्रमाणको सिडि प्रहरीसमक्ष चल्यो उनले भनिन्, अदालतमा चल्दैन।ु आफ्नो साक्षीको बकपत्र समेत नगराएको उनको आरोप छ । लामो समयसम्म बकसपत्
सुन्सरी,कार्तिक ७ गते – इटहरीमा बाल विवाह गरको अभियोगमा बेहुला बेहुलीसहित ४ जनालाई वाल विवाह मुद्दा चलाइएको छ । इटहरी २ स्थित हवाई चौकमा १७ बर्षिया बालिकाको सन्दिप रसाइलीसँग बाल विवाह गरेको अभियोगमा बेहुला सन्दिप, बेहुली, बेहुलाको बुवा कालु बहादुर रसाइली र बेहुलीको आमा सेविका दर्नाललाई पक्राउ गरि मुद्दा चलाइएको हो । इलाका प्रहरी कार्यालय इटहरीले ४ जनालाई असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको हो ।४ जना उपर सुनसरी जिल्ला अदालतबाट वाल विवाह मुद्दामा दिन ५ म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
काठमाडौं,कार्तिक ७ गते – काठमाडौं महानगरपालिका(९ गैरीगाउँबाट ९ सय ७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका(६ घर भएका १९ वर्षीय तिलक बहादुर बस्नेत र तार्केश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका(१ घर भएका २८ वर्षीय दिपक गोतामे रहेका छन् । संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त खाग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं,कार्तिक ७ गते –मानव बेचबिखनमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। डेनमार्क बेल्जियमको होटलमा हेल्पर काममा लगाइदिने बाहानामा बेचबिखन गर्ने बाग्लुङका राजेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरेको हो। खड्कालाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिइ प्रहरीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग द्ववेदीले बताए। मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी आठ लाख ५४ हजार रुपैयाँ ठगी गरेका थिए।
काठमाडौं, कात्तिक ७ गते –परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आइतबार दिउँसो सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। मन्त्रालयका कर्मचारीहरूसँग अभद्र व्यवहार र दुर्व्यवहार गरेको भन्ने खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरिएको बस्नेतले बताए। अहिले उनलाई प्रहरीले टेकुस्थित परिसरमा राखिएको छ
धनुषा,कार्तिक ७ गते – धनुषाधाम नगरपालिका-४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका(३ बस्ने २२ वर्षीय शुशिल मलिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मलिक लगाएत ५ जनाले यादवको घरबाट नगद, सुन तथा चाँदीका गहना र मोवाईल लगायतका सामान गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्ने क्रममा चोरीमा संलग्नमध्ये मलिकलाई स्थानीयले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्र
दाङ,कार्तिक ७ गते – तुलसीपुर उपमहानगरपालिका-८ दुधेना बस्ने दिनेश केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(८ बस्ने ४० वर्षीय शुनिल काफ्ले लगायत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका(९ दोघरे बस्ने सबिता थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(५ बस्ने ४१ वर्षीय नन्द लाल चौधरी लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवात
सिरहा, कात्तिक ७ गते – बाजुरामा केही दिन अघि अस्थायी रुपले सुचारु भएको साँफे–मार्तडी लोकमार्ग वर्षाका कारण पुनः अवरुद्ध भएपछि स्थानीयलाई आउजाउ गर्न समस्या परेको छ । साँफे मार्तडी लोकमार्ग अन्तरगत पर्ने बल्दे, अम्कोट लगायतका ठाउँमा सडकको तलमाथि दुवैतिरबाट पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएपछि बाजुराका स्थानीयवासीले दैनिक उपभोग्यका सामग्री ठुवानी गर्दा निकै सास्ती खेप्दै आउनुपरेको हो ।बडिमालिका नगरपालिका ६ कोर्धका स्थानीय व्यापारी दल बडुवालले भन्नुभयो, “पसलमा सामान सकिएको पाँच दिन भयो, पहिरोका कारण बाटो बन्द भएपछि दैनिक उपभोग्य सामान ल्याउन सकिएको छैन ।”उहाँले भन्नुभयो, “गाडी नचले पनि भरियामार्फत स
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.