सिराहा, कार्तिक ९ गते । एसिड पीडित पर्साका मुस्कान खातुन लाई थप उपचारको लागी प्रदेश सरकारले पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्री परिषदको आज सम्पन् बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कान खातुन लाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।
यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो




















