सिरहा,कात्तिक १० गते – सबैला नगरपालिकाका शिक्षकहरुले तिहार अगावै तलब पाउने भएका छन् ।धनुषाको सबैला नपाका नगर प्रमुख विजयशंकर प्रसाद साहले तिहार अगावै शिक्षकहरुको तलब दिने प्रतिवद्धता जनाउनुभएको छ ।मेयर साहले आन्दोलित शिक्षकहरुसँग वार्ता गरी तिहार अगावै तलब दिने जनाएपछि आन्दोलन स्थागित भएको हो । पालिकाका सबै विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्षको तलब नपाएको भन्दै आन्दोलन थाल्नुभएको थियो । चाडपर्वका बेला पनि तलब नपाउँदा घरखर्च टार्न गाह्रो भएको भन्दै नगरपालिकाको कार्यालयमा सोमबारदेखि आन्दोलन गर्दै धर्नामा बस्नुभएको थियो ।सबैला नगरपालिकास्थित श्री सरस्वती मावि ठिलाका प्राध्यापक नथुनी साहले जिल
डोल्पा,कार्तिक १० गते – हिमाली जिल्ला डोल्पामा पर्ने शे-फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे(फोक्सुण्डो गाउँपालिका-९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ
काठमाडौं, कार्तिक १० गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिकसहित ११ इजलास तोकेका छन् । तर इजलास भने बसेको छैन ।न्यायाधीशहरूले इजलाशमा नबस्ने गरी छुट्टै छलफल थालेका बेला प्रधानन्यायाधीश जबराले ११ इजलास तोकेका हुन् ।जबराले आफ्नै नेतृत्वमा पूर्ण र संवैधानिक इजलास पनि तोकेका छन् । संवैधानिक इजलासमा दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठसमेत छन् । यो इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाइ गणेश हमालले दायर गरेको मुद्दा जनाएको छ ।यसैगरी जबराको एकल इजलासमा अदालतको अवहेलनासम्बन्धी लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती
काठमाडौं,कार्तिक १० गते – मकवानपुर, सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ४५ वर्षीय पदमबहादुर विकको मृत्यु भएको हो । विकको चुरे हिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रिक्सा चालक भने सकुशल छन् ।यसैगरी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चोकमा को १ ख ७७८४ नम
काठमाडौं,कार्तिक १० गते – सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा
मोरङ,कार्तिक १० गते – मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका(३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले बिल नभएको ९४ तोला चाँदी बरामद गरेको छ ।बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाइने प्रदेश(१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सिरहा,कार्तिक १० गते । सिरहाको धनगढीमाई नगरपालिका जयपुरमा माटोको ढिश्कोमा परी एकको मृत्यु ६ जना घाईते भएको छ ।दिपावली पर्व नजिकै गर्दा घर लेबपोत गर्नको लागी मोटो ल्याउनको लागी गाँउ भन्दा दुई सय मिटर पश्चिम गएको वेला ढिश्कोमा परी स्थानिय एक जना बालिकाको मृत्यु भएको छ ।धनगढीमाई नपा वडा नं. ५ जयपुर वस्ने प्रकाश कामैतको वर्ष ११ की करिषमा कुमारी कामैत ढिश्कोमा परी मृत्यु भएकी हुन , उनी आमा ममता देबी कामैत संग विहान माटो लिन खेतमा गएको वेला ढिश्कोमा परी मृत्यु भएका हुन र आमा पनि घाईते भएका हुन ।ढिश्कोमा परी स्थानिय महिन्द्र महतोको ७ वर्षीय छोरी सवित महतो राजकुमार यादबको ७ वर्षीय सविता यादब र स
सिरहा, लहान कार्तिक १० गते । लेनदेन मुद्दामा अदालतबाट सजाय पाएपछि फरार भएका एक अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको जनकारि गराएको छ ।पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका २ चतरीका ५५ वर्षीय शितल मलाह मुखिया रहेका छन् । फैसला कार्यान्वयनको सिलसिलामा लेनदेन मुद्दामा फरार अपराधी मुखियालाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार अदालतले मुखियालाई २ वर्ष कैदको सजाय सुनाएको छ । उनलाई अदालतमा पेश गरेपछि कैद भुक्तानीका लागि मंगलबार कारागार चलान गरिएको छ
काठमाडौँ, कात्तिक १० गते – सरकारले अबको दुई वर्षभित्रमा सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाउने भएको छ । कुल ७५३ स्थानीय तहमध्ये ५३५ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने गरी काम अगाडि बढाइएको छ ।त्यसमध्ये स्थानीय पूर्वाधार विभागले दुई वर्षमा ४० वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न गरिसकेको छ । विभागका सूचना अधिकारी होमनाथ पौडेलले अहिले २४० वटा प्रशासनिक भवन निर्माणाधीन भइरहेको त्यसमध्ये चालू आर्थिक वर्षमा ७० वटा प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।उहाँका अनुसार यस वर्ष प्रशासनिक भवन निर्माणका लागि करिब ए
सिरहा,कार्तिक १० गते – धनुषाको औरही गाउँपालिकास्थित माध्यमिक विद्यालय देउरी परवाहाको परिसरमा मंगलबार बिहानैदेखि श्राद्धको भोजका लागि पकवानहरु पाक्दै थियो ।विद्यालयको प्रवेशद्वारमै पाक्दै गरेको पकवानको मगमग बास्ना र परिकार हेर्दै शिक्षक विद्यार्थी विद्यालय पसे । भोजका कारण अन्य दिन जस्तो विद्यालयमा पठनपाठन हुन सकेन् । कक्षामा विद्यार्थी खचाखच भरिएका थिए । शिक्षक पनि विद्यालयमा थिए । तर भोजभतेरको चहलपहलले गर्दा पढाइ हुन सकेन् । विद्यालय सञ्चालन भएपनि भोज पाक्दै गरेको आसपासका कक्षामा भने पढाइ हुन सकेन् । कक्षा कोठाको अगाडी भिडभाड, चहलपहल र खानाको परिकारको बास्नाले पढ्ने पढाउन वातावरण नै थिएन
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.