सिरहा, कार्तिक ११ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै छ । काठाडमौंको तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा अगामी मंसिर १० गते चितवनमा हुन लागेको आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने जनाइएको छ ।
बैठकमा प्रतिनिधि छनोट महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रिया लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले जानकारी दिएका छन ।
एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन सम्पन्न गर्ने केन्द्रीय सर्कुलर बमोजिम एमाले फुट विभाजनको कारण अधिवेशन विवारहित नहुँदा कतिपय पालिका र वडाहरुमा अधिवेशन सम्पन्न हुन बाँकी छ । बैठकले त्यस विषयमा समेत प्रवेश गर्ने जनाइएको छ ।




















