काठमाडौं,कार्तिक २९ गते– अनलाईन मार्फत् ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुम रन्मामैमकोट गाउँपालिका-३ वतन भएका २३ वर्षीय विकाश गुरुङलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकाशले वाटस्एप,ईमो जस्ता एप्प प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको, विदेशबाट सामान,पार्सल आएको भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने भनी झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गैरीधाराबा
विराटनगर,कार्तिक २९ गते – बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा ‘बर्थ–डे’ ९जन्मदिन०मा आयोजित पार्टीमा‘ग्याङ फाइट’हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय नानु लिम्बूको घरमा आयोजित उनकी भतिजी इछिङको बर्ड–डे पार्टीमा आइतबार राति दुई पक्षबीचको विवाद बढेर झगडा भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले ‘ग्याङ फाइट’मा धनकुटाको पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको जानकारी दिए। उनका अनुसार घटनामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र घरधनी नानु लिम्बू पनि घाइते भएका छन्। हत्या गरिएका दाहाल र घाइते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस
सिरहा,कार्तिक २९ गते – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ६ विघा जमिनमा गरिएको गाँजा खेती फडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलास्थित कामिटार, मोटरदोभान, तोरी बारी, हात्तीसुँढे र ब्रह्मस्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।गाँजा फडानी गर्न सशस्त्र प्रहरी बलको हरिवन बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापा र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको नेतृत्वमा प्रहरीको संयुक्त टोली आइतवार नारायण खोला पुगेको थियो ।सशस्त्र र नेपाल प्रहरीको दुवै टोलीले ६ बिघामा लगाइएको करिव ५० हजार बोट गाँजा फडानी ग
बुटवल,कार्तिक २९ गते –जीप दुर्घटनामा परी प्यूठानमा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान मल्लरानी गाउँपालिकास्थित मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप सोही गाउँपालिका– ३ स्थित बुकेनीमा दुर्घटना भएको हो।दुर्घटनामा परी जीप चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जीप अनियन्त्रित भई भीरबाट करिब १ सय ५० मिटर तल खसेको छ। गम्भीर घाइते प्यूठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि प्यूठान अस्पताल विजुवार लगिएको प्रहरीले जनाएको छ
सिरहा,कार्तिक २९ गते –नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार ९४ हजार ६०० र तेजाबी सुनको मूल्य ९४ हजार १०० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय ८० रुपैयाँ छ
ओखलढुंगा,कार्तिक २९ गते – एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीएसपी० गोविन्दराज काफ्लेले जानकारी दिए । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख काफ्लेले बताए । मृत्युहरूमा ३५ वर्षीया मिठुमाया मगर, वर्ष १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन ।दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्
सिरहा,कार्तिक २९ गते –हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ ।
बाँके,कार्तिक २८ गते – बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए । उनका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए । निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो ।नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमि
काठमाडौं,कार्तिक २८ गते – काठमाडौं महानगरपालिका(११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई १ थान एयर गन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
सिरहा, कार्तिक २८ गते । राष्ट्रियका लागी खेल,स्वास्थ्यका लागी खेल मुल नाराका साथ आज देखी सिरहास्थित सुखिपुरमा प्रथम मेयर टुर्नामेन्ट संचालन भएको छ । खेलको उद्घाटन सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले गर्नुभएको हो । सुखिपुर नागरपालिकाद्दारा संचालित प्रथम मेयर कप टुर्नामेन्टको आज उद्घाटन खेलमा विराटनगर पुलिश क्लबलाई दुईका विरुद्ध सल्हेश युवा क्लब सिरहाले चार गोल गरी विजयी भएको छ । भोलि सोमबारको खेल सुखीपुर एफ.सी. सिरहा र मोतीगाढा युथ क्लव गाईघाटविच हुने आयोजकले बताएका छन् ।आज आइतबारदे देखी सुरु भएको मेयर गोल्डक प्रतियोगितामा सिरहा, धनुषा, विराटनगर, महोत्तरी लगायत विभिन्न ८ जिल्लाका
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.