सिरहा, कार्तिक ३० गते । गोलबजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँमा एमालेका जिल्ला कमिटी सदस्य सहित विभिन्न पार्टी परित्याग गरी ५२ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ ।
वडा कमिटीद्वारा आयोजित प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य दशरथ बिश्वकर्मा, जनता समाजवादी पार्टीका नगर उपाध्यक्ष राम औतार यादव, नेपाली काग्रेसका सदस्य बद्री महतो लगाएत विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का सह इन्चार्ज बिश्वनाथ साहले नव प्रवेशीहरुलाई फुल माला लगाई पार्टी प्रवेश गराउनुभएको हो ।

गोलबजार नगरपालिकाका वडा अध्यक्ष देवबहादुर थापाको अध्यक्षता तथा सागर पूर्वेको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य तथा केन्द्रिय सदस्य रामकुमार यादव, पार्टीका प्रदेश सदस्य द्वय रामचन्द्र महतो, प्रवेश लामा, गोलबजार नगरपालिका प्रमुख देबनाथ साह, जिल्ला समन्वय समिति सदस्य उमेश बराल लगाएको नेताहरूको उपस्थिति रहेको थियो ।




















